दक्षिणी लिबियामा संदिग्ध इस्लामिक स्टेटको आक्रमणमा तीन जना मारिए | Khabarhub Khabarhub

दक्षिणी लिबियामा संदिग्ध इस्लामिक स्टेटको आक्रमणमा तीन जना मारिए


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिणी लिबियामा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुको आक्रमणमा तीन जना मारिएका छन् ।

मरुभूमिको बीचमा रहेको लिबियाको दक्षिणी शहर गदवामा लडाकुले आक्रमण गरी जथाभावी गोली चलाएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शहरमा आक्रमणपछि लडाकुहरु मरुभूमितर्फ भागेका थिए ।

दक्षिणी लिबियाको विशाल भूभाग सैनिक शासक खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाको नियन्त्रणमा रहेपनि हाल लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जा गर्नका लागि सैनिक अभियानतर्फ आफ्नो ध्यान केन्द्रित गरेकाले दक्षिण लिबियामा सुरक्षा व्यवस्था निकै कमजोर रहेको बताइन्छ ।

त्यहाँ इस्लामिक स्टेटका लडाकु तथा स्थानीय टेबु जनजातीका लडाकुहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १० : ५८ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली