दलालले दैनिक २० नेपाली महिलालाई भारत पुर्‍याउँछन् | Khabarhub Khabarhub

दलालले दैनिक २० नेपाली महिलालाई भारत पुर्‍याउँछन्


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली महिलालाई भारत र बंगलादेश हुँदै तेस्रो देश तस्कर हुने क्रम बढ्दो छ । गएका ६ महिनामा भारत हुदै तेस्रो देश लैजान लागेका ३ सयभन्दा धेरै नेपाली महिलाको भारतस्थित नेपाल दूतवास, भारतीय महिला आयोग र विभिन्न गैरसरकारी सस्था सहयोगमा उद्धार गरी नेपाल फकाइएको छ । उद्धार गरिएका महिलालाई म्यानपावर कम्पनी र एजेन्टले तेस्रो देश रोजगारीमा पठाउने प्रलोभन देखाएर भारत ल्याउने गरेको अनुसन्धानबाट खुलेको दूतावासले जानकारी दिएको छ ।

हाल, भारत हुदै तेस्रो मुलुक लैजान एजेन्ट र तस्करले भारतका विभिन्न शहरमा २ हजारभन्दा धेरै महिला र ३ जनाभन्दा धेरै पुरुष रहेको दूतावासको अनुमान छ ।

भारतस्थित नेपाली दूतवासका एक कर्मचारीका अनुसार हाल भारतका विभिन्न शहरमा रोजगारीका लागि तेस्रो देश लैजान ल्याएका करिब २ हजार महिला र ३ हजार पुरुष रहेको जानकारी दिएका छन् । यी सबैलाई रोजगारीका लागि तेस्रो देश लैजान ल्याएको दूतवासले जनाएको छ ।

भारतको सिविआई प्रहरीले दूतावासलाई तस्करले अन्य देश लैजान धेरै नेपाली महिला र पुरुष भारत ल्याएको जानकारी दिएको ती कर्मचारीले बताए । उनले भने, ‘भारतको ठुला शहर नजिकैका बस्तीमा रोजगारीमा लैजान ल्याएका महिला पुरुष राख्ने गरेका छन् । तस्करले ठाँउ परिवर्तन गरेर राख्ने गरेको पाइएको छ । सही सूचना आएपछि दूतवासले प्रहरीका सहयोगमा उद्धार गर्दै आएको छ । तर, उद्धार गर्ने धेरै समस्या र कठिन हुन्छ ।’ भारतका विभिन्न शहरमा दैनिक २० जना महिलालाई तस्करले पुर्‍याउने गरेको उनको भनाइ छ ।

गत चैत १६ गते राति भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखिएका १२ नेपाली महिलाको उद्धार गरियो । दिल्ली महिला आयोग, दिल्ली प्रहरी, भारतस्थित नेपाली दूतावासलगायत निकायहरुले उनीहरुको उद्धार गरेका थिए । गत माघ महिनामा मणिपुरको बाटो हुँदै म्यानमारको सिमानासम्म पुर्‍याएका १ सय ७९ नेपाली उद्धार गरी नेपाल फर्काइएको थियो ।

यस्तै गत चैत महिनामा भारतकै दिल्लीबाट रोजगारीका लागि हिडेका २३ जना महिला उद्धार गरी स्वदेश फकाइएको थियो । चैत अन्तिम साता १२ जना रोजगारीका हिडेका महिलाको उद्धार गरिएको थियो । भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थमा वैशाख २६ गते २३ जना नेपाली महिलालाई भारतको मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा उद्धार गरी नेपाल फकाइएको थियो ।

भारतमा नेपालसहित अन्य देशमा महिला पुरुषलाई पनि तस्करले पुर्‍याउने गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौडेलले जानकारी दिए। तस्करीमा परेका महिलाको कुटनीतिक नियोगको सहयोगमा उद्धार हुँदै आएको छ ।

उद्धार गरिएका महिला प्राय महिला २० देखि ४५ वर्ष उमेर समूहका हुने गरेको अनुसन्धान ब्यूरो प्रहरीले बताउदै आएको छ । नेपाल भारतको खुला सीमानाको फाइदा उठाउँदै मानव तस्करहरुले नेपाली भूमि हुँदै भारत लैजाने गरेका छन् ।

मानव तस्करीको रुट-भारत र बंगलादेश

प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा लैजाने गरिएको छ । त्यहाँ पनि धेरै नेपाली महिला समस्यामा पर्ने गरेका छन् ।

पछिल्लो समय भारतस्थित नेपाली दूतवासले भारतीय प्रहरीको सहयोग लिएर भारतमा भेटिने नेपाली महिनाहरुमाथिको निगरानी बढाएको छ । जसका कारण तस्करहरुले रुट परिवर्तन गरेर बंगलादेशको बाटो प्रयोग गर्न थालेका छन् ।

उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन् । राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाले बताउदै आएको छ ।

महिला कामदार प्राय: भारत हुँदै तेस्रो देश म्यानपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुराएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रशस्त छन् । यसरी लगिएका महिलाहरु केन्या, लिविया, सिरिया, अफ्रिकालगायतका देशका डान्साबारमा नाँच तथा देहव्यापारका लागि पुर्‍याइने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडितले दिँदैनन् दलालको विवरण

कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन् । यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी-बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्‍याउने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

महिला कामदार प्राय: भारत हुँदै तेस्रो देश म्याननपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्राय: महिला अशिक्षित, गरीब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको सिआइबीका निरीक्षक राजकुमार सिलवालले बताएका छन् । प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा नै अनभिज्ञता प्रकट गर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : १२ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट