चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा | Khabarhub Khabarhub

चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रायान्कफर्टलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । त्यस्तै आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई पराजित गरेर फाइनलमा पुग्यो ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले इन्ट्रायचलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गतको अर्को खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ ले हरायो । आर्सनलको जितमा पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरे । लाकाजेट्टीले एक गोल गरे । भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : ४६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०