बिरामी बालबालिकाको संख्या बढ्यो, रेजिडेन्ट डाक्टरको भरमा कान्ति अस्पताल | Khabarhub Khabarhub

बिरामी बालबालिकाको संख्या बढ्यो, रेजिडेन्ट डाक्टरको भरमा कान्ति अस्पताल


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढेसँगै महाराजगञ्जको कान्ति बाल अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण बालबालिकामा हुने विभिन्न किसिमका संक्रमणले कान्ति बाल अस्पतालको चाप बढ्दै गएको हो ।

जाडोको समयमा दैनिक ६ सय बिरामी हुने कान्ति अस्पतालम अहिले दैनिक ९ सय बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

कान्ति बाल अस्पतालको वार्डमा पनि बिरामीको चाप उत्तिकै छ । अस्पतालका चिकित्सकहरुका अनुसार गर्मी बढ्दै जाँदा बिरामीको संख्या जाडो मौसममा भन्दा दोब्बर हुन्छ । तर बिरामीको चाप बढ्दै गएपनि चिकित्सक तथा नर्सहरुको संख्या भने घट्दै गएको छ ।

महाराजगञ्जको कान्ति बाल अस्पताल बालबालिकाको मात्रै उपचार हुने एकमात्र केन्द्रीय सरकारी अस्पताल हो । केन्द्रीय सरकारको मातहतमा रहेको कान्ति अस्पतालमा देशभरका बालबालिकाहरु उपचारका लागि आउँछन् । केन्द्रीय अस्पताल भएकाले कान्ति अस्पतालमा देशभरका अस्पतालमा उपचार हुँन नसकेका बालबालिका रेफर भएर आउने गर्छन् ।

गत वर्ष साढे दुई लाख बिरामीले कान्ति अस्पतालबाट सेवा पाएका थिए । जसमध्ये १० हजार बिरामी भर्ना भएका थिए ।

बिरामीको चाप अनुसार चिकित्सकको दरवन्दी नहुँदा कान्ति अस्पतालको सेवा प्रभावकारी बन्न नसकेको कान्ति बाल अस्पतालका निर्देशक डाक्टर गणेश कुमार राई बताउँछन् ।

२ सय ६४ जनाको दरवन्दी रहेको कान्ति बाल अस्पतालमा हाल १ सय ७६ जनामात्रै कार्यरत छन् । अस्पतालमा ९७ जना चिकित्सक तथा कर्मचारी अस्पतालकै दरवन्दी अनुसार पनि रिक्त छन् । जसमा पनि मेडिकल अफिसर र नर्सहरु धेरै कम छन् ।

३९ जनाको दरवन्दी रहेको कान्ति बाल अस्पतालमा जम्म ३ जना मेडिकल अफिसर थिए । कर्मचारी समायोजन पछि कान्ति बाल अस्पतालको २ जना मेडिकल अफिसर प्रदेशमा समायोजन भएका छन् । समायोजनका कारण कान्ति बाल अस्पतालमा अहिले स्थायी मेडिकल अफिसर एकजना मात्रै छन् ।

विशेषज्ञ चिकित्सकले रोगको प्रकृति अनुसार बिरामीको स्वास्थ्य परीक्षण गर्छन् । अस्पतालमा भर्ना भएका सबै बिरामीको २४ घण्टा नै निगरानी गर्ने जिम्मा मेडिकल अफिसर चिकित्सकको हुन्छ ।

३ सय २३ शय्या रहेको कान्ति बाल अस्पतालमा ३ सय ५ शय्या संचालनमा छन् । तर ती सबै शय्याका सबै बिरामी हेर्ने चिकित्सक जम्मा एकजना छन् ।

मेडिकल अफिसरको दरवन्दी अनुसार चिकित्सक नहुँदा कान्ति अस्पतालको सेवाको गुणस्तरमा फरक पर्ने गरेको डा राई बताउँछन् ।

‘३९ जना मेडिकल अफिसरको दरवन्दी रहेकोमा जम्मा ३ जना थिए त्यसमा पनि दुईजना प्रदेशमा समायोजन भयो, अब एकजना मात्रै मेडिकल अफिसर छन् । एउटा डाक्टरले सबै बिरामी हेर्नुपर्ने अवस्था आएपछि सेवामा गुणस्तर कसरी हुन्छ ?,’ डा राई भन्छन्, ‘समयोजनको समयमा म आफैले चिकित्सक थप्ने अधिकार पनि छैन गर्मीले बिरामीको चाप बढ्न थालिसक्यो । मलाई अहिले तनाव भएको छ । मेडिकल अफिसरको दरवन्दी पुरा नभएसम्म हामीले गुणस्तरीय सेवा दिन सम्भव नै छैन ।’

रेजिडेन्ट चिकित्सको भरमा कान्ति अस्पताल

कान्ति बाल अस्पतालमा ३ किसिमका रेजिडेन्ट डाक्टरहरु रहेका छन् । बाल रोग,एनेस्थेसिया र सर्जरीमा गरी कान्ति अस्पतालमा ३४ जना रेजिडेन्ट डाक्टरहरु रहेका छन् । कान्ति अस्पतालमा दरवन्दी अनुसारको चिकित्सक नहुँदा रेजिडेन्ट डाक्टरले नै अस्पतालको सेवा धानिरहेको डा. राई बताउँछन् ।

उनी भन्छन्, ‘कान्ति अस्पताल रेजिडेन्ट डाक्टरले नै धानेका छन् । उनीहरु नभएको भए हामीले अस्पताल चलाउन सक्दैन थियौं ।’

कान्ति बाल अस्पतालमा रगत सम्बन्धि क्यान्सर रोग, बालबालिकाको थाइराइडको समस्या, बाल दम, नशा सम्बन्धि रोग, दिउँसोको समयमा भर्ना नगरी डे केयर सेन्टर संचालन गरीएको डा राईले बताए ।

स्वास्थ्य मन्त्रालयको बजेट नबढेसम्म कान्ति अस्पतालको पनि सुधार नहुने डा राई बताउँछन् ।

‘स्वास्थ्य मन्त्रालयमा नै प्रयाप्त बजेट विनियोजन हुँदैन । मन्त्रालयकै बजेट कम भएपछि कान्ति अस्पतालको समस्या कसरी समाधान हुन्छ ?, ‘स्वास्थ्य मन्त्रालयमा विश्व स्वास्थ्य संगठनले तोकेअनुसार १० प्रतिशत बजेट विनियोजन हुन सकेमात्रै देशभरका सरकारी अस्पतालमा प्रयाप्त जनशक्ती हुन्छ र सेवामा गुणस्तर बढ्न सक्छ ।’

कान्ति बाल अस्पतालमा स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको दरवन्दी भन्दा ५ गुणा कम जनशक्ती रहेको डा राईको दावी छ । जनशक्ती नहुँदा कान्त अस्पतालले क्षमता अनुसार सेवा प्रदान गर्न सकेको छैन ।  कान्ति अस्पतालमा बिरामीको चाप अनुसार नर्सको दरवन्दी ५ गुणा कम रहेको डा राई बताउँछन् । नर्सहरुलाई सेवा सुविधा दिन नसक्दा कान्ति अस्पतालमा नर्सहरुले बीचमै जागिर छाड्ने गरेको राइले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : ११ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर