नेपाल भ्रमण वर्ष सफल पार्न प्रधानमन्त्रीको आह्वान | Khabarhub Khabarhub

नेपाल भ्रमण वर्ष सफल पार्न प्रधानमन्त्रीको आह्वान


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सक्दो सहयोग गर्न सम्बन्धित सबै निकायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई आग्रह गरेका हुन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनुपर्नेमा पनि सबैलाई सचेत गराइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन बैठकले आवश्यक निर्णय पनि गरेको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान हुने गरी उचित व्यवस्थापनको काम गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराएका थिए ।

बैठकमा प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । बैठकमा गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिवद्धता जनाएको थियो ।

भ्रमण वर्षलाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका कार्यक्रम संचालन गर्न लागिएको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : ३५ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले