राप्रपा संयुक्तलाई वैधानिकता, चुनाव चिह्न हलो | Khabarhub Khabarhub

राप्रपा संयुक्तलाई वैधानिकता, चुनाव चिह्न हलो


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ । निर्वाचन आयोगले पशुपति समशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानूनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ । राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’ पाएको छ ।

राप्रपा संयुक्तले हिन्दू राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गराउने सवाललाई मुख्य नीतिको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । हालका राष्ट्रप्रमुखको भुमिका निस्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफुहरु रहेको राप्रपाका अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले बताए ।

अध्यक्ष जबराले नेपाललाई अधिनायकवादतर्फको यात्राबाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आह्वान समेत गरे ।

वर्तमान सरकारका गतिविधि संविधानको भावना र मर्म विपरित रहेको, भ्रष्टाचार मौलाएको संवैधानिक अंगका स्वतन्त्रतामा हस्तक्षेप गरिएको तथा प्रधानमन्त्रीको तजवीजमा सेना परिचालन लगायतका कार्यहरु नियोजित रुपमा सक्रिय भएको आरोप राप्रपा संयुक्तले लगाएको छ ।

पार्टी एकतापछि बनेको राप्रपा संयुक्तका लोहनी र जबरा दुई अध्यक्ष रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : १२ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा