च्याम्पियन्स लिग : मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्सले जित्लान् ? | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्सले जित्लान् ?


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युइएफए च्याम्पियन्स लिगमा आज महत्वपूर्ण दुईवटा खेल हुँदैछन् । बुधबार(आज) राति हुने खेलमा स्पेनिस महारथि बार्सिलोना र इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेड, इटालीयन जाइन्ट युभेन्ट्स र डच क्लब आयाक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा प्रतिस्पर्धा गर्न लागेका यी चार टिममध्ये पराजित दुई टोली दोस्रो लेगमा पुनरागमनको प्रयास गर्नेछन् भने विजयी टोलीले आफ्नो सेमिफाइनल यात्रा सहज बनाउनेछन् ।

च्याम्पियन्स लिगको सुन्दरताका रु

पमा यसअघि बार्सिलोना र रियल मड्रिडको खेललाई हेरिन्थ्यो । तर, यो सिजनमा रियल यसअघि प्रि—क्वाटरफाइनलमा अयाक्ससँग पराजित हुँदै घर फर्किसकेपछि आज हुन लागेको बार्सिलोना र युनाइटेडबीचको खेलले बजार तताएको छ ।

यस्तै, आयाक्स र युभेन्ट्सको पनि चर्चा उत्तिकैछ । यसअघिको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध युभेन्ट्सका स्टार रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए ।

अन्तराष्ट्रिय समाचारमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई जोडेर युनाइटेडको खेलको अनुमान लगाउँदै आएको छ । बार्सिलोनाका कप्तान मेस्सी लाई ‘गेम मेकर’ का रुपमा पनि हेरिन्छ । पछिल्ला खेलहरुमा मेस्सी र लुइस स्वारेजको लयले पनि युनाइटेडमा भय देखिन्छ । ला लिगामा अन्तिम २ खेलमा बार्सिलोनाले अन्तिम समयमा मेस्सी र स्वारेजले गोल गर्दा जित हात पारेको थियो ।

वर्ल्ड ट्राफोर्डमा खेल भइरहँदा युनाइटेड र बार्सिलोनाबीचको विगतलाई पनि केलाउनु पर्ने हुन्छ । जसमा युनाइटेड र बार्सिलोनाले समान २ खेलमा जीत, २ खेल बराबरी र २ खेलमा हार व्यहोरेका छन् ।

आजको खेलमा पनि युनाइटेड पहिलो लेगमा जीत निकाल्ने लक्ष्यमा रहनेछ भने पाहुना टोली बार्सिलोना घरेलु टोलीलाई रोक्ने लक्ष्यमा रहेको छ ।

बुधबार वल्ड ट्राफोर्डमा मेस्सी र पाउल पोग्वा भन्दा पनि प्रशिक्षक ओले गनर सोल्सायरबीचको खेलका रुपमा पनि हेरिएकोछ । “हामी अवसरको खोजिमा हुनेछौं । मेस्सी र लुइस स्वारेजलाई रोक्न कठिन छ । तर, पनि यो असम्भव भने पक्कै छैन तर, पनि बार्सिलोनासँग अरु पनि राम्रा खेलाडी छन् । हामी एउटा खेलाडी (मेस्सी) को पछि मात्रै लाग्दैनौं,”सोल्सायरले बीबीसीसँग बोल्दै मेस्सीबारे भने ।

मेस्सीले अहिलेसम्म यो सिजनमा खेलेका ४० खेलमा ४३ गोल गरिसकेका छन् ।

जुलाईमा स्पेनिस महारथि रियल मड्रिडबाट इटालीयन क्लब युभेन्ट्स पुगेका क्रिष्टियानो रोनाल्डोले आज अयाक्सविरुद्ध मैदान उत्रिदैछन् ।

रियल र बार्सिलोनाबीचको खेल जस्तो प्रतिस्पर्धा नभए पनि रियललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको अयाक्सविरुद्ध रोनाल्डो मैदान उत्रिदा घरेलु टोलीका लागि भने भय देखिन्छ । च्याम्पियन्स लिगका सर्वकालिन उच्च गोलकर्ता रोनाल्डो डच क्लबको घरेलु मैदानमा अयाक्सविरुद्ध आक्रामक देखिने अनुमान गरिएको छ ।

१३ पटकको सिरी ए च्याम्पियन युभेन्ट्सलाई यो सिजनमा रोनाल्डोले फाइनलसम्म पुर्यान सक्ने युभेन्ट्सका प्रशिक्षकको दावी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन