नेपालमा निधन भएका बेबारिसे बेलायती नागरिक माल्कोमको पशुपति आर्यघाटमा अन्त्येष्टि | Khabarhub Khabarhub

नेपालमा निधन भएका बेबारिसे बेलायती नागरिक माल्कोमको पशुपति आर्यघाटमा अन्त्येष्टि


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका क्रममा काठमाडौंमा निधन भएका बेवारिसे अवस्थाका बेलायती नागरिक फिलिप माल्कोमको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

माल्कोमको हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा मंगलबार(हिजा) साँझ अन्त्येष्टि गरिएको हो ।

उनको उपचार लगायतमा सक्रिय रहेका विनय जंग बस्नेतको टोलीले माल्कोमको अन्तेष्टि हिन्दू संस्कृति अनुसार गरेका हुन् । माल्कोमको अन्त्येष्टिमा उनकी प्रेमिकाको दाबी गर्ने युवतीको पनि उपस्थिति रहेको थियो ।

नर्भिक अस्पतालमा उपचारको क्रममा माल्कोमको शनिवार निधन भएको थियो ।

टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि पुर्‍याइएका माल्कोमको अवस्थाबारे खबरहबले समाचार प्रकाशन गरेपछि केही युवाहरुले उनको थप उपचारका लागि भन्दै काठमाडौं मेडिकल कलेज लगेका थिए । त्यहाँबाट माल्कमलाई नर्भिक अस्पताल लगिएको थियो ।
२६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको थियो ।

माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो । तर शनिवार विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका थिए ।

माल्कोमबारे खबरहबकी संवाददाता रिता लम्साल ले समाचार तयार गरेकी थिइन् । चैत ११ गते पोस्ट भएको समाचार यस्तो थियो ।

वीर अस्पतालको आकस्मिक सेवा विभागको एक नम्बर शय्यामा वेवारिसे बिरामी कहिल्यै टुट्दैनन् ।

आइतबार हामी त्यहा पुग्दा त्यही शय्यामा एकजना वेवारिसे बिरामी सुप पिउँदै थिए । सेतो कपालमा खैरो रंग, सेतै फुलेको दारी, चाउरी परेको मलिन अनुहार थियो उनको । अस्पतालको सागुरोको शय्यामा कम्मल ओडेर बसेका उनको सट भने सुकिलो देखिन्थ्यो । गोरो वर्णका उनलाई देख्नेले सजिलै पहिचान गर्न सक्थे,उनी नेपाली नागरिक होइनन् ।

रोगले थला परेर उठ्न नसके पनि उनीसँग कुरा गर्न चाहनेहरुसँग अंग्रेजीमा विस्तारै बोल्थे । उनी बोल्न सक्ने अवस्थामा रहेकाले हामीले उनीसँग केही कुराकानी गर्‍यौं ।

उनले आफ्नो नाम ‘फिलिप माल्कोम’ र आफू बेलायती नागरिक भएको बताए । माल्कोमले आफूले देश छाडेर विदेशी मुलुकमा घुमफिर गरेर जीवन बिताएको २० वर्ष भएको खबरहबलाई बताए ।

‘म संगितकर्मी हो । मैले मेरो देश छोडेर विदेश घुम्न थालेको २० वर्ष भयो, सन् २०१२ देखि नै भारतमा ९ महिना र नेपालमा ३ महिना बस्ने गर्थें,’ उनले अंग्रेजी भाषामै आफ्नो बारेमा बताए, ‘दुईवर्ष देखि म नेपालमै छु ।’

उनले आफू काठमाडौंको ठमेलमा रहेको सांग्रिला लजमा बस्ने गरेको र आफू ४ महिनादेखि बिरामी परेको खबरहबलाई बताए ।

‘४ महिनादेखि म बिरामी छु, धेरै टाढा घुम्न पनि सक्दिन त्यसैले काठमाडौंमै छु ।’ दुईसाता अघिदेखि अस्पतालमा छु ।’

उनले नेपालमा आफ्ना साथीहरु रहेको र उनीहरुले नै अस्पतालमा छाडिदिएको बताए । तर आफ्ना साथीहरुको विषयमा माल्कोमले कुनै जानकारी दिएनन् ।

उनले आफू बेलायत हुँदा कमाएको पैसा बैंकमा रहेको र एक नेपाली किशोरीको नेपालमा भएको बैंक खातामा ट्रान्फर गरेर प्रत्येक १५ दिनमा ५ सय पाउण्ड निकाल्ने र खर्च गर्ने गरेको बताए ।

उनले बेलायतमा आफ्नो परिवार र आफन्त कोही नभएको बताएका छन् । दुईवर्ष अघि नेपाल आएका माल्कोमको भिसाको म्याद एक वर्ष अघि नै सक्किएको बताए ।

भिसाको म्याद रहँदै आफ्नो देश फर्कन चाहे पनि अस्वस्थ्य रहेकाले आफू फर्कन नसकेको माल्कोमले बताए । उनी दुईसाता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । माल्कोमलाई शुक्रराज अस्पतालले शुक्रबार वीर अस्पतालमा रेफर गरेको थियो ।
माल्कोमलाई लिभर क्यान्सर र हेपटाइटिस–सी भएको वीर अस्पतालका चिकित्सकले बताएका छन् ।

वेवारिसे अवस्थामा रहेका उनलाई वीर अस्पतालले आकस्मिक सेवा विभागको एउटा शय्यामा आकस्मिक उपचार मात्रै दिएको छ । उनको थप उपचार हुन सकेको छैन । वीर अस्पतालको आकस्मिक सेवा विभागमा बिरामी लिएर पुगेकाहरुको नजर ती वेवारिसे विदेशी नागरिककैमा पुग्थ्यो । रोगले च्यापेर वेवारिसे अवस्थामा भेटिएका बिरामीलाई प्रहरी तथा अन्य व्यक्तिले अस्पतालको आकस्मिक सेवा विभागमा ल्याएर छाडिदिन्छन् । अस्पतालले त्यस्ता बिरामीलाई त्यहि शय्यामा राखेर आकस्मिक उपचार गर्छ ।

विभिन्न रोगले थला परेका वेवारिसे बिरामीहरु आकस्मिक सेवा विभागमा हुने उपचारले निको भएमा फर्किन्छन् । तर धेरैजसो बिरामीले त्यही शय्यामा अन्तिम स्वास लिएका घटनाहरु धेरै छन् । आफन्तको स्याहार र राम्रो उपचार नपाउँदा वीर अस्पतालको आकस्मिक सेवा विभागमा धेरै व्यवारिसे बिरामीले ज्यान गुमाइसकेका छन् । बेलायती नागरिक माल्कोम पनि त्यही शय्यामा जसोतसो स्वास लिइरहेका छन् ।

उनलाई आफ्नै देशमा फर्किने चाहना छ ।‘म बेलायतको नागरिक हो, म आफ्नै देशमा फर्कन चाहन्छु । म आफ्नै देशमा मर्न चाहन्छु ।’ उनले खबरहबसँग आफ्नो पीडा सुनाए ।

माल्कोमलाई रमक निकाल्न सहयोग गर्ने नेपाली युवती को हुन् ?

वीर अस्पतालमा हामीसँग कुराकानी गर्दैगर्दा माल्कोमलाई बैंकखाताबाट रकम ट्रान्सफर गर्न सहयोग गर्ने युवती पनि आइन् ।

माल्कोम बिरामी परेपछि आफैले नै टेकु अस्पतालमा लेगेकी थिइन् । टेकु अस्पतालमा दुई सातादेखि माल्कोम भर्ना हुँदा ती युवती कहिलेकाहीँ मात्रै अस्पतालमा गएको अस्पतालका एक चिकित्सकले बताए । उनका अनुसार अस्पतालमा कहिलेकाही जाने ती युवतीलाई माल्कोमले आफ्नो गर्लफ्रेण्ड भएको बताएका थिए ।

वीर अस्पतालमा आएकी ती युवती शुरुमा बोल्न चाहिनन् ।

‘माल्कोमले अस्पतालका नर्स डाक्टरलाई म गर्लफ्रेण्ड हो भनेछ, म उसको गर्लफ्रेण्ड होइन, उनले आफूमाथि लागेको आरोप गलत भएको मात्रै बताइन् । उनले आफू र माल्कोम साथी मात्रै भएको बताइन् ।

ठमेलको एक ट्राभल एजेन्सीमा काम गर्ने बहिनी माफर्त माल्कोमसँग चिनजान भएको र नेपालमा माल्कोमको बैंकमा रहेको रकम निकाल्न मात्रै आफूले सहयोग गरिदिने गरेको उनले बताइन् ।

‘मैले मेरो बहिनीमार्फत माल्कोमलाई चिनेको हो । उसको यहाँ कोहीपनि नभएकाले उसले आफ्नो देशमा भएको बैंक खाताको रमक मेरो बैंक खातामा ट्रान्सफर गरिदिन्थ्यो,’ उनले भनिन्, ‘मैले उसको पैसा निकालेर दिन्थें र उसले नेपालमा बस्दा खर्च गर्थ्यो ।’

दुईवर्षसम्म माल्कोमको रमक निकाल्न सहयोग गर्दै आएको बताउने ती युवतीले माल्कोमको रमक निकाल्न सहयोग गर्दा आफू फसेको भन्दै हामीसँग रिस पोखिन् ।

‘उसले नेपालमा घुमफिर मात्रै गर्छ केही काम गर्दैन, मैले त उसको पैसा निकाल्न मात्रै सहयोग गरिदिएको हो । माल्कोमको विषयमा मैले बोले अब मेरो विषयमा नसोध्नुस्,’ उनले रिसाउँदै भनिन्, ‘उ बिरामी भएर उपचार खर्च चाहिन्छ भनेर मात्रै चुपलागेको छु, रिस उठ्योभने म खाता नै बन्द गरिदिन्छु ।’

ती युवतीले नै माल्कोम लागू पदार्थ दुर्व्यसनीमा रहेको समेत बताइन् । ती युवती आफू पनि बिरामी भएको भन्दै माल्कोमलाई त्यही छाडेर अस्पतालबाट बाहिरिएकी थिइन् ।

यो पनि पढ्नुहोस

‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेवारिसे बेलायती नागरिकको काठमाडौंमा मृत्यु

वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन