सगरमाथाको उचाइ घटेको कुरा पत्यार लागेको छैन– प्रधानमन्त्री | Khabarhub Khabarhub

सगरमाथाको उचाइ घटेको कुरा पत्यार लागेको छैन– प्रधानमन्त्री


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने भनाइ आफूलाई परपर्दो नलागेको बताएका छन् ।

सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ घटेको भन्ने कुरा आफूलाई पत्यार नलागेको बताएका हुन् ।

ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाइ मापन गर्न सरकारी टोलीलाई निर्देशन दिए । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सगरमाथाको उचाई नाप्न नेपालले पहिलो पटकसरकारी कर्मचारीलाई त्यसतर्फ पठाएको हो । प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यको अनुकूलता हेरेर मात्रै सगरमाथाको उचाई नाप्ने काममा अघि बढन पनि सरकारी कर्मचारीहरुलाई सचेत गराएका थिए । उनले आरोहण दलमा गएका गाईंडहरुको निर्देशनमा मात्रै सगरमाथाको उचाई मापन गर्ने काममा अघि बढन पनि सरकारी टोलीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आफ्नै कर्मचारीहरुलाई दक्ष बनाएर सगरमाथाको तथ्यपरक उचाई मापन गर्न पठाउन लागिएको जानकारी गराइन् । उनले सावधानीपूर्वक सो जिम्मेवारी पूरा गर्न पनि सरकारी टोलीलाई शुभकामना दिइन् ।

सरकारको उचाई मापन टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । त्यसैगरीे गाईड टोलीमा छिरिङ जाङबु शेर्पा र पेमाङिमा शेर्पा रहेका छन् । उनीहरु सबै जनाले सगरमाथाको आरोहणका लागि आवश्यक सबै तालिम लिएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो । विक्रय संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाइ घटाएको विभिन्न अडकालबाजी भइरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १२ : १७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले