घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर | Khabarhub Khabarhub

घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षार्थीलाई परीक्षामा उत्तीर्ण गरिदिन्छु भन्दै शिक्षक शाहीले रु २५ हजार घुस लिएको अभियोग लागेको छ । परीक्षामा असफल भएका परीक्षार्थीबाट शाहीले अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत एक छात्रसँग मिलेर पैसा उठाएको अभियोग लागेको छ ।

यस्तै वन डिभिजन कार्यालय बाँकेमा कार्यरत वन रक्षम हरिकुमार चन्द विरुद्ध पनि विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । निजी जग्गामा रहेको विभिन्न जातका गोलिया काठमा टाँचा लगाई पूर्जी दिने प्रयोजनका लागि वन रक्षक चन्दले सेवाग्राहीसँग रु दश हजार घुस लिएको अभियोग लागेको छ । आयोगले फरेस्टरद्वय बहादुर केसी र केशवबहादुर वलीको समेत मिलेमतो रहेको पाइएको उल्लेख गर्दै उनीहरु विरुद्ध समेत मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले आइतबार नै साविक मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दूराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।  आयोगले नेपाल विद्युत् प्राधिकरण सेती फेवा पावर हाउस पोखरामा कार्यरत इलेक्ट्रिक फोरमेन बलदेव गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०