राष्ट्रिय महिला भलिबल वैशाखमा | Khabarhub Khabarhub

राष्ट्रिय महिला भलिबल वैशाखमा


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा हुने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुने जानकारी दिएको हो ।

पेन्ट कम्पनी केएनपीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ६ टोलीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा साविकको विजेता एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी, नेपाल पुलिस, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५–१५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : ५५ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी