‘कागजपत्र’ ले थाल्यो 'सपिङ मल' केन्द्रित प्रचार | Khabarhub Khabarhub

‘कागजपत्र’ ले थाल्यो ‘सपिङ मल’ केन्द्रित प्रचार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अपिल विष्टले निर्देशन गरेको फिल्म ‘कागजपत्र’ को प्रचार थालिएको छ । चैत्र ८ गतेबाट रिलिज हुन लागेको यो फिल्मले राजधानीभित्रका ठूला सपिङ मलमा विभिन्न कार्यक्रम गरेर फिल्मको प्रचार थाल्ने जानकारी गराएको छ ।

निर्देशक विष्टका अनुसार दर्शकलाई फिल्मबारे जानकारी दिन प्रचार गरिने भएको हो ।

काठमाडौंको सिटी सेन्टरमा महाशिवरात्रिको मौका पारेर निर्माण टिमले प्रचारस्वरुप कार्यक्रम गरेको थियो । अब हरेक शनिवार राजधानीमा कार्यक्रम गरिने निर्माण टिमले जनाएको छ ।

फिल्मको कुरा गर्नुपर्दा नक्कली बिहे गरेर अस्ट्रेलिया जाने नेपालीको कथालाई फिल्ममा कथानक बनाइएको छ । यस्तै फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको लेखन निर्देशक विष्टले गरेका हुन् ।

फिल्मको ट्रेलरले औसत प्रतिक्रिया पाए पनि यसको गीत ‘माया संसार’ ले भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : २२ बजे

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा