गगनको प्रश्न– सीके राउत प्रकरणमा अदालत र सरकारबीच कतै मिलेमतो त छैन ? (भिडियो सहित) | Khabarhub Khabarhub

गगनको प्रश्न– सीके राउत प्रकरणमा अदालत र सरकारबीच कतै मिलेमतो त छैन ? (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लगाइरहेको स्वतन्त्र मधेश गठबन्धबीच भएको सहमतिको आआफ्नै व्याख्याले समस्या उत्पन्न भएको बताएका छन् ।

आइतबार संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आ–आफ्नो व्याख्याले सकारात्मक वातावरणलाई संशयमा ल्याएको बताए ।

‘सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आआफ्नो व्याख्याले सकारात्म वातावरणलाई संशयमा ल्याएको छ’ सांसद थापाले भने,‘केका लागि जनमत संग्रह कसका लागि जनमत संग्रह, हामीलाई उत्तर चाहिन्छ ।’

नेपालको सरकार र पृथकतावादको नारा लिइरहेको गठवन्धनबीच संविधानको हक भित्र मधेस र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भएपनि सहमतिको पृष्ठभूमी र शैलीले अदालत र सरकारको बीच कतै मिलेमतो त छैन भन्ने गम्भीर प्रश्न उठाएको थापाले बताए ।
यसबिषयमा सरकारले सदनमा जानकारी गराउनु पर्ने सांसद थापाको माग थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : २६ बजे

प्रदेशसभा सदस्यका उम्मेदवार भण्डारीका बुबाको निधनप्रति एमालेको दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सिपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६