गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनको दाबी | Khabarhub Khabarhub

गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनको दाबी


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुडको घरमा भएको विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाको युवा संगठनले लिएको छ ।

युवा संगठनले टप जव्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर समेत रहेका ‍म्यानपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई कारबाही गरेको दाबी गरेको छ ।

शनिवार राति एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ,‘आफूहरुले बारबार चेतावनी दिँदा पनि नमानेको हुँदा युवा संगठनले बाध्य भएर कारवाही गरेका छौं ।’

वैदेशिक रोजगारी दिन्छु भनेर ठगी गर्ने र वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरेकोले कारवाही गरेको र आगामी दिनमा त्यसो नगर्न संगठनले वैदेशिक रोजगार व्यवसायीलाई चेतानी दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ३२ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा