भिभिआइपीको सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार | Khabarhub Khabarhub

भिभिआइपीको सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई बल पुग्नेगरी सरकारले भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँका मोटरसाइकल खरिद गर्न लागेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

नागरिकले लेखेको समाचारमा उल्लेख गरिएअनुसार सरकारले भिभिआइपीको स्कर्टिङ (कारगेट)का लागि ६ सय ५० सीसी क्षमताका मोटरसाइकल किन्न लागेको हो । खरिद क्रममा रहेका ती मोटरसाइकलको प्रतिएकको मूल्य ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी पर्छ ।

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कार्गेट मोटरसाइकल उपलब्ध गराएको छ । यस्तै उपराष्ट्रपतिका लागि ३ र प्रधानमन्त्रीको सवारीका लागि ७ वटा मोटराइकल प्रयोग भइरहेको नागरिकको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : १९ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा