'साइकल लेन' निर्माणमा जुट्यो काठमाडौं महानगर, माइतीघरदेखि तीनकुनेसम्म बनाइने | Khabarhub Khabarhub

‘साइकल लेन’ निर्माणमा जुट्यो काठमाडौं महानगर, माइतीघरदेखि तीनकुनेसम्म बनाइने



काठमाडौं– सवारी चापलाई व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका साइकल लेन निर्माणको तयारीमा जुटेको छ । महानगरपालिकाको सहरी योजना आयोगले साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारेको हो ।

गुरुयोजनाअनुसार अब माइतीघर मण्डलादेखि बानेश्वर हुँदै तीनकुनेसम्मको साढे २ किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ ।

यसको पूर्वाधार बिकासका र लेन सञ्चालनका लागि मंगलबार तयार पारिएको गुरुयोजनाका बिषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने क्रममा मंगलबार योजनाका बिषयमा जानकारी दिइएको हो ।

अन्तरक्रियामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नु पर्ने सहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नु पर्नेमा जोड दिए ।


‘सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल चाहिन्छ’ प्रशासकीय अधिकृत न्यौपानेले भने ‘यससँगै ठूला सवारी र पैदलयात्रीको यात्रा व्यवस्थासँगै तयार पार्नुपर्छ’ ।

काठमाडौं सहर निर्माण हुँदा, यहाँका सडक सहरी चरित्रकाभन्दा बढी राजमार्ग चरित्रका बनाइएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

‘त्यसबेलाको अवस्था र व्यवस्था त्यस्तै थियो’ उनले भने ‘यसलाई सुधार गरेर सबै प्रकारका सवारीलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने हाम्रो योजना हो ।’
माइतीघर–तीनकुने सडक खण्डमा साइकल ट्र्याक सञ्चालनमा ल्याएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि बिस्तार गरिने उपाध्यक्ष बस्नेतको भनाइ छ ।

यात्रामा पहिलो प्राथमिकता पैदल यात्रीको हुन्छ । त्यसैले जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदल यात्रीलाई लक्षित वर्ग बनाउनुपर्ने वातावरण्विद् भुषण तुलाधारले बताए ।

‘सहरका सडक डिजाइन गर्दा गाडीलाई हेरेर पूर्वाधार बनाइएकोले समस्या आएको हो ।’ उनले भने ‘एउटा गाडीका लागि आवश्यक ट्र्याकमा ३ वटा साइकल लेन बनाउन सकिन्छ ।’

उनकाअनुसार ती लेनबाट गाडीमाभन्दा धेरै मानिस यात्रा गर्न सक्छन्, विगतमा भएको सडक निर्माणको कमजोरी देखाउँदै तुलाधरले अब पनि यसलाई सुधार गर्न सकिनेछ ।

नेपाल साइकल सोसाइटी, काठमाडौं बिश्वविद्यालय स्कूल अफ आर्ट र जर्मनका साइकल अभियन्ता व्यवस्थापन इरिक हकम्यानले साइकल यात्रा व्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गरे ।

ती कार्यपत्रले, काठमाडौंमा साइकल यात्राका बिषयमा गरिएको अध्ययन प्रस्तुत गर्दै माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्डमा प्रति घण्टा ४६ जना साइकल यात्री गुड्ने गरेको देखाएका छन् । यसमध्येका ६१ प्रतिशत यात्री सामान्य साइकल गुडाउँछन् । उनीहरुमध्ये ८१ प्रतिशत प्रयोगकर्तालाई साइकल ट्र्याक छ भन्ने जानकारी छैन ।

कार्यपत्रमा देखाइएका यी तथ्य, तथ्यांक र भोगाइका आधारमा १५ जना सहभागीले साइकल ट्र्याक र यससँग सम्बन्धित व्यवहारिक पक्षमा गुनासा राख्दै सुधारका लागि सुझावबारे बताउँदै उनले भने, ‘साइकल पार्किङ्को उचित प्रबन्ध हुनुपर्ने, साइकल यात्री सडकमा सुरक्षित हुनु पर्ने, साइकल ट्र्याक सौखिनहरुका लागि भन्दा पनि दैनिक साइकलसँग गुजारा जोडिएकासँग बढी सम्बन्धित बनाइनु पर्ने, सडकमा पर्याप्त प्रकाश र संकेत चिन्हको व्यवस्था मिलाइनु पर्ने, सरकारी सवारी साधनको प्रयोग घटाएर साइकलको प्रयोग बढाउनु पर्नेलगायत थिए ।’

साथै त्यस्तै गुनासाहरुमा साइकल चढ्नेलाई समाजले हेय भावले हेर्ने, साइकल प्रबर्धन गर्दा खोखिनहरुको आवश्यकतामा बढी कुरा गर्ने, साइकलसँगै गुजारा चलाउनेका बिषमया कुरा नगर्ने, कुरा वातावरणमैत्री सवारी साधनको गर्ने र प्रयोग गर्दा इन्धन भएको सवारीलाई रोज्ने लगायत थिए ।

काठमाडौंको सडकमा गुड्ने करीव साढे ६ लाख सवारी साधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ ।

यसकारण आवश्यक छ साइकल लेन ?

साइकल सबैभन्दा वातावरणमैत्री सवारी साधन हो । मानिसको व्यक्तिगत बलको माध्यमबाट साइकल चल्छ भने यसले कुनैपनि प्रदुषण हुन दिँदैन । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौं उपत्यका पैदल यात्रा र साइकल प्रयोगकालागि अनुकूल मानिन्छ ।

अन्य सवारी साधनको तुलनामा साइकल शान्त हुन्छ । साइकलले थोरै स्थान ओगट्छ । स्वास्थ्यका दृष्टिले पनि साइकल निकै उपयुक्त मानिन्छ ।

साइकललाई प्राय सबै उमेर समुहका व्यक्तिले रुचाउने गरेको पाइन्छ । नियमित रुपमा साइक्लिङ गरेमा शरीरको वजन बढ्ने चिन्ता कम गर्ने र फिटनेस कायम राख्न सहयोग पु¥याउने गर्दछ ।

साइक्लिङ गर्नाले शरीरलाई व्यायम मात्र होइन व्यायामसँगै गन्तव्यमा पुग्न पनि सकिन्छ ।

तर यसका लागि सडकमा साइकल लेनको आवश्यक पर्छ । नेपालमा त्यस्तो शहर छैन जहाँ साइकल चढ्नेहरुका लागि छुट्टै लेन हुन्छ ।
तर पछिल्ला समय साइकललाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ नेपालका केही युवाहरुले नेपाल साइकल सोसाइटी, साइक्लिङ युवामञ्च लगायतका संघसंस्थाहरु गठन गरिरहेका छन् ।

छोटो तथा मध्यम दुरीकालागि सहरका प्रायः जसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । तर उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न सहरवासीलाई कठिनाइ भइरहेको छ ।

यतिबेला राजधानीका धेरै स्थानमा सडक विस्तारको काम भइरहेको छ । विस्तारको क्रममा साइकल लेन विकास गर्न सकेमा साइकलमैत्री सिटी निर्माणको दिशामा एउटा कोसेढुंगा हुनेछ ।

यसबेला माइतीघर तीनकुने साइकल ट्र्याकको सञ्चालन तयारीलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय