१३ औं साग भव्य रुपमा सम्पन्न, १४ औं का लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण [तस्वीरहरु] | Khabarhub Khabarhub

१३ औं साग भव्य रुपमा सम्पन्न, १४ औं का लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण [तस्वीरहरु]


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्यरुपमा सम्पन्न भएको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालले सफलतापूर्वक साग सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

१३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोस्रो बन्न सफल भएको छ । १७४ स्वर्ण सहित भारत पहिलो बनेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश सिलवालले सम्बोधन गरेका थिए ।

२०७२ सालको भूकम्पपछि पुनर्निमाण भएको दशरथ रंगशालामा खेलकुदहरु आयोजना गर्न सफल भएकोमा उनीहरुले खुशी व्यक्त गरे ।

दक्षिण एसियाली ओलम्पि परिषदको सोमबार बसेको बैठकले आगामी १४ औं साग पाकिस्तानमा गर्ने निर्णय बमोजिम नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको छ ।

समापन कार्यक्रममा आतिसबाजी समेत गरिएको थियो ।

तस्वीरमा हेर्नुहोस् सागको रौनक:

सबै तस्वीर: अदिप श्रेष्ठ/खबरहब

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : ५७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न