आफन्तलाई बिना पास रंगशाला छिराउने प्रहरी– पत्रकारले भिडियो खिच्दा कुटपिट | Khabarhub Khabarhub

आफन्तलाई बिना पास रंगशाला छिराउने प्रहरी– पत्रकारले भिडियो खिच्दा कुटपिट


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षामा खटिएका प्रहरीले टिकट नै नकाटेका आफन्तलाई फुटबल हेराउन रंगशाला छिराउन खोज्ने प्रहरीले पत्रकारलाई कुटपिट गरेको विषय सार्वजनिक भएको छ ।

नेपाल पत्रकार महासंघले गरेको स्थलगत निरीक्षणका क्रममा केही सुरक्षा अधिकारीहरुले आफ्ना मान्छेलाई बिना पास रंगशाला छिराउन लागेको भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकारलाई कुटपिट गरेको भेटिएको हो ।

समाचार संकलनका लागि दशरथ रंगशाला पुगेको पत्रकार सुमन चापागाईं कुटिएपछि पत्रकार महासंघको टोलीले घटनाको स्थलगत रुपमा अध्ययन गरेको जनाएको छ ।

घटनाको भत्र्सना गर्दै महासंघले विज्ञप्तीमा लेखेको छ, ‘आज (मंगलबार) विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईंमाथि लाठी प्रहार गरेका थिए ।’

प्रहरी नायव उपरीक्षक (डिएसपी) राठौर महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका इञ्चार्ज हुन् ।

महासंघले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि खटिएका पत्रकारमाथि कुटपिट हुनु आपत्तिजनक भएको उल्लेख गर्दै कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि तत्काल कारबाही गर्न समेत माग गरेको छ ।

महासंघले संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताएको छ ।

प्रहरीको यस्तो ‘हर्कत’ले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ४ : ०५ बजे

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर