तेलुगु फिल्म ‘जर्सी’ हेरेर चारपटक रोएँ: शाहिद कपूर | Khabarhub Khabarhub

तेलुगु फिल्म ‘जर्सी’ हेरेर चारपटक रोएँ: शाहिद कपूर


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहिद कपूर यतिबेला फिल्म ‘कवीर सिंह’ का कारण चर्चामा छन् । उनले उक्त फिल्ममा गरेको अभिनयको खुबै चर्चा भयो ।
पछिल्लो समय भने उनी तेलुगु फिल्म ‘जर्सी’ को रिमेकमा देखिँदैछन् ।

शाहिदले एक इभेन्टका क्रममा यो फिल्म हेरेर आफू ४ पटक रोएको बताएका छन् । उनले फिल्ममा आफ्नो भूमिकाले खुबै छोएको पनि बताएका छन् ।

‘फिल्म क्रिकेटमा आधारित छ, ३६ वर्षको एक व्यक्तिको ६ वर्षको छोरा हुन्छ, केही कारणले ऊ फेरि क्रिकेट ग्राउण्डमा जान्छ, किनकि उसलाई अरु केही आउँदैछ,’ शाहिदले फिल्मको कहानी खुलाए ।

उनले फिल्मको कहानीजस्तै त्यो चरित्रको कहानी देखेर आफू रोएको बताए ।

शाहिदको जीवनमा पनि कुनै समय यस्तै उतारचढाव थियो । उनले कुनै ब्लकबस्टर फिल्म दिन सकेका थिएनन्, फिल्म क्षेत्र नै छोडौं कि भन्ने उनलाई लागेको थियो ।

‘मलाई अभिनयबाहेक अरु केही आउँदैनथ्यो, तर कुनै समय अरु केही ट्राइ गरौँ भन्ने पनि लागेको थियो,’ शाहिदले भने ।

शाहिदले आफूले रिमेकमा कहिल्यै काम गर्न नचाहेको पनि बताए । किनकि, दर्शकलाई रिमेक फिल्ममा मात्र काम गरिरहेको भन्ने नपरोस् भन्ने उनी चाहन्छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ५७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०