बुहारीलाई बलात्कार गरी सासूको हत्या गर्ने व्यक्ति १ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

बुहारीलाई बलात्कार गरी सासूको हत्या गर्ने व्यक्ति १ वर्षपछि पक्राउ


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको भगवानपुरस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा फरार सिरहाको भगवान्पुर गाउँपालिका–३ निवासी ३८ वर्षीय अजयकुमार यादवलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी ती महिलाकी ६८ वर्षीया सासूको हत्या गरेको यादवमाथि आरोप छ ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ४० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय