मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ? | Khabarhub Khabarhub

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई असर गर्ने बारे तपाईले पनि सुन्नु भएको होला ? यसबारेमा वैज्ञानिकहरुले पहिलेदेखीनै खोज गर्दै आएका छन् ।

फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा हुने बारेमा रिपोर्टहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

अमेरिकन क्यान्सर सोसाइटीले यस्ता रेडियोधर्मीहरुबाट शरीरमा क्यान्सर हुने या नहुने विषयमा खोज गरिरहेको छ ।

सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने यस्ता धर्मीहरुले मान्छेको शरीरको डिएनएमा खासै परिवर्तन ल्याउन नसकेपछि शरीरमा कसरी क्यान्सर पैदा गर्छ भन्ने विषयमा भने प्रस्ट भइसकेको छैन ।

मोबाइलबाट रेडियो फ्रिक्वेन्सी उत्पादन हुन्छ । यिनीहरु अल्ट्राभाइलेन्ट र एक्स–रे तरङ्गको तुलानामा कम शक्तिशाली हुन्छन् ।

एक्स–रे र अल्ट्राभाइलेन्ट तरङ्गहरुले मानिसको शरीरका कोषहरुमा पाइने डिएनएको रसायनिक बन्डलाई भत्काउने क्षमता राख्छन् । मोबाइलबाट उत्पादन हुने तरङ्गहरु आओनाइज हुँदैनन् ।

फोनहरुबाट निस्कने रेडियोधर्मीहरुको स्पेस्फिक एब्जर्बसन रेट अर्थात् एसएआरको मापदण्ड तय गरिएको हुन्छ ।

मोबाइल बढी तात्दा, धेरैबेर प्रयोग गर्दा एसएआर लेभल बढेको देखिन्छ । एसएआर लेभलको जानकारी मोबाइल निर्माण कम्पनीले सम्बन्धित देशलाई जानकारी गराउनुपर्ने हुन्छ ।

जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले नयाँ र पुरानो स्मार्टफोनहरुबाट निस्कने रेडियोधर्मीहरुको बारेमा जानकारी दिएको थियो ।

जसमा सबैभन्दा बढी रेडिएसन दिनेहरुमा वन प्लस, हुवाइ तथा नोकियाको लुमिया रहेका छन्। यस्तै, आइफोन–७ (१०औँ), आईफोन–८ (बाह्रौँ), आइफोन–७ प्लस (१५औँ) स्थानमा थियो । सोनीको एक्सपीपीया एक्स जेड कम्प्याक्ट ११औँ, जेटटीआइ एक्सन–७ मिनी (१३औँ), ब्लाकबेरी डिटिइके–६० (१४औँ) रहेको प्रतिवेदनमा उल्लेख थियो ।

मोबाइलबाट निस्कने रेडियोधर्मीसम्बन्धी हालसम्म कुनै मापदण्ड भेटिएका छैनन् । एसएआर लेभल कति हुँदा सुरक्षित हुन्छ भन्ने पनि तथ्य पत्ता नलागेको बीबीसीले उल्लेख गरेको छ ।

जर्मनीमा मोबाइल फोनको एब्जर्बसन लेभल ०.६० भन्दा कम भएकाहरुलाई मात्र मान्यता दिइन्छ। सबैभन्दा कम रेडिएसन दिने फोनहरुमा सोनी एक्सपेरिया एम–५को एब्जर्बसन लेभल ०.१४, साम्सुङ ग्यालेक्सी नोट–८को ०.१७, एस सिक्स एज प्लसको ०.२२, गुगल प्लस एकसेलको ०.२५, साम्सुङ ग्यालेक्सी एस–८को ०.२६ र एस ७ एजको ०.२६ रहेको पाइएको छ।

आफूले प्रयोग गरेको मोबाइल फोनको एब्जर्बसन लेभल थाहा पाउन आफ्नो फोन मोडलको म्यानुअल हेर्न सकिन्छ। यस अलवा फोनको वेबसाइट अर्थात् फेडेरल कम्युनिकेसन्स कमिसन फर यूनाइटेड स्टेट्सको वेभसाइटमा पनि हेर्न सकिन्छ।

रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको एन्टिनामा हुने गर्छ । त्यसैले फोन जति नजिक राखिन्छ त्यति नै फ्रिक्वेन्सीले हामीलाई क्षति गरिरहेको हुन्छ ।

धेरै बेरसम्म फोन प्रयोग गर्ने, मोबाइल टावर र फोनबीचको दूरी, मोबाइल फोन सिग्नल/ट्राफिकले पनि रेडियो फ्रिक्वेन्सी मा असर पुर्‍याइरहेको हुन्छ।

बढी फ्रिक्वेन्सीबाट बच्नका लागि फोनमा बोल्दा ह्याण्ड स्फ्री मोडमा चलाउने, धेरै बेरसम्म कुराकानी गर्नुको सट्टा म्यासेज गर्ने, कम एसएआर लेभल भएका फोनहरु प्रयोग गर्नु लाभदायिक हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ७ : ५८ बजे

गठबन्धनबाट दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व

मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको मृत्यु

मलेखु– धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घटनामा परी घाइते

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ