सुत्नु अघि खानुस् दुईवटा अलैची, पुग्छ यस्तो फाइदा | Khabarhub Khabarhub

सुत्नु अघि खानुस् दुईवटा अलैची, पुग्छ यस्तो फाइदा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तपाईले अलैचीको बारेमा सुन्नु भएको होला । यसको धेरै फाइदा रहेको आयुर्वेदमा उल्लेख गरिएको छ । नेपालमा अलैचीको उत्पादन हुने गरेको छ । हेर्दा सानो हुने अलैंचीको काम भने ठूलो छ ।

यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ । मुखको दुर्गन्धबाट राहत पाउन पनि अलैचीले सहयोग गर्दछ ।

पत्थरीमा फाइदा

पत्थरी भएकाले अलैची खाँदा फाइदा पुग्छ । यसले पत्थरीलाई फुटाउन सहयोग पुग्छ । अलैचीले जन्डिस, पिसावजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ । यदि राति सुत्नु अघि अलैंचीलाई तातो पानीसँगै खानुहुन्छ भने यसले दोब्बर फाइदा पुर्याउँछ ।

पेट घटाउन सहयोग पुर्याउँछ

यदि तपाईंको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने राती सुत्नुअघि दुईवटा अलैंची खाएर तातो पानी पिउनुहोस् । यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरिरको अतिरिक्त बोसो पगाल्ने गर्दछ । यसमा पाइने फाइबर र क्याल्सियमले पनि तौललाई नियन्त्रणमा राख्छ ।

कपाल झर्न रोकिन्छ

राति दुईवटा अलैंची खाएर पानी पिउँदा कपालको जरा बलियो हुन्छ त्यसकारण कपाल झर्न रोकिन्छ । यसले कपाललाई कालो बनाउन पनि सहयोग पुर्याउँछ । यसले कपाललाई चायामुक्त पनि बनाउँछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ७ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०