अयोध्या विवादको नालिवेली : ७० वर्ष देखिको मन्दिर–मस्जिद विवादमा हिन्दूको पक्षमा फैसला | Khabarhub Khabarhub

अयोध्या विवादको नालिवेली : ७० वर्ष देखिको मन्दिर–मस्जिद विवादमा हिन्दूको पक्षमा फैसला


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दू पक्षलाई दिइने फैसला गरेको छ ।

लामो समयदेखि रहेको राममन्दिर–बाबरी मस्जिद विवादबारे फैसला गर्दै भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोइले मुस्लिम पक्षलाई पाँच एकड जमिनको व्यवस्था गर्न समेत आदेश दिएका छन् ।  यो फैसलासँगै अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुलेको छ ।

४० दिनसम्म चलेको सुनुवाईपछि शनिवार(आज) भारतको पुरानो प्रकरणमा पाँच न्यायाधीशको बेञ्चले सर्वसम्मतिले विवादास्पद अयोध्याको भूमि हिन्दूलाई दिने फैसला गरेको हो ।

७० वर्षसम्म चलेको कानूनी लडाइँ र ४० दिनसम्म चलेको सुनुवाइपछि अदालतको फैसला आएको हो ।

अदालतले फैसला गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फैसलालाई कसैको जित वा हारका रूपमा हेर्न नहुने बताएका छन् ।

त्यस्तै विश्व हिन्दू परिषद्ले यो कसैको हार नभएको बताउँदै सौहार्द काम राख्नुपर्ने जनाएको छ ।

भारतीय कांग्रेस नेता राहुल गान्धीले अदालतको फैसलाको सम्मान गर्दै सबैले आपसी सद्भाव बनाएर राख्न आवश्यक भएको बताएका छन् । उनले यो समय सबै भारतीयका बीच बन्धुत्व, विश्वास र प्रेमको समय भएको बताएका छन् ।

अदालतले फैसला गरेसँगै भारतमा उच्च सुरक्षा सतर्कता बढाइएको छ ।


४० दिन चलेको सुनुवाइमा के भएको थियो ?

अयोध्या मामलाको सुनुवाइका क्रममा मुस्लिम पक्षले विवादित स्थलमा लगातार नमाज नपढ्ने र मस्जिदको अस्तित्वमाथि सवाल उठाउँन नमिल्ने तर्क गरेको थियो ।

मुस्लिम पक्षले अयोध्यामा मन्दिर भत्काएर मस्जिद नबनाइएको बरु खाली स्थानमा मस्जिद बनाइएको दलील पेस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर भारतीय सर्वोच्च अदालतले भने भारतको पुरात्व विभागले गरेको उत्खननका क्रममा फेला परेका प्रमाणलाई वेवास्ता गर्न नसकिने बताएको थियो । अदालतले बाबरी मस्जिद खाली जमिनमा नबनेको प्रमाण रहेको बताएको छ ।

अदालतले मस्जिदको मुनी विशाल संरचना फेला परेको जनाएको थियो । फेला परेको कलाकृति इस्लामिक नभइ हिन्दूको रहेको अदालतको ठहर थियो ।

त्यस्तै मुस्लिम पक्षले विवादित स्थलमा १९३४ देखि १९४९ सम्म नवाज पढिने गरेको दलिल पेश गरेको थियो तर अदालतले भन्ने उक्त दावालाई स्वीकार गरेन । र अर्को तर्फ हिन्दूपक्ष उक्त स्थानमा त्यसअघि नै पूजाआजा हुँदै आएको प्रमाणित गर्न सफल भएको थियो ।

सुनुवाइका क्रममा मुस्लिम पक्षका वकिल राजीव धनले रामको जन्मस्थानको दलील विश्वास र आस्थामा आधारित रहेको बताएका थिए ।
तर सर्वोच्च अदालते भने अयोध्यामा रामको जन्मस्थान रहेको दाबीलाई कसैले पनि विरोध गर्न नसक्ने बताएको थियो । त्यसक्रममा हिन्दूपक्षले स्कन्द पुराण, पद्मपुराणमा भनिएका कुराहरुलाई प्रमाणको रुपमा पेश गरेको थियो ।

अयोध्यामा रहेको १६औँ शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौँदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको थियो । राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ।

उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि मान्छन् । तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौँदेखि प्रार्थना गरिरहेको बताउँदै आएका थिए ।

यस्तो थियो विवाद

विवादको खास कारण हिन्दूहरुले भगवान रामको जन्मभूमि मान्दै आएको स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद रहेको थियो । जसलाई सन् १९९२ मा हिन्दूहरुले भत्काइदिएका थिए । उक्त धार्मिक हिंसामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएका छन् ।

बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको दाबा हिन्दूहरुले गर्दै आएका थिए त्यसलाई शनिवारको फैसलाले पनि पुष्टि गरेको छ ।

मुस्लिमहरू चाहिँ सन् १९४९ को डिसेम्बरसम्म उक्त मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँदै आएका थिए । त्यसपछि भने हिन्दूहरूले त्यहाँ एउटा रामको मूर्ति स्थापना गरे र त्यसको पूजा गर्न थालेको उनीहरुको आरोप थियो ।

यो मुद्दा मुख्यत: तीनवटा समूहबीच लडिँदै आएको थियो( दुईवटा हिन्दू समूह र मुस्लिम वक्फ बोर्डबीच । उक्त बोर्डले भारतका इस्लामिक सम्पदा व्यवस्थापनको जिम्मा पाएको छ ।

हिन्दू प्रतिवादीमा एउटा दक्षिणपन्थी राजनीतिक दल हिन्दू महासभा र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडा रहेका थिए ।

मस्जिद भत्काइएको एक दशकपछि उनीहरूले उक्त विवाद सन् २००२ मा इलाहाबाद उच्च न्यायालमा दर्ता गराएका थिए । सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो । विवादित २. ७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्नुपर्ने फैसला उच्च न्यायालयले गरेको थियो ।

अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो ।

कुनै बेला मस्जिद रहेको मुख्य क्षेत्र भने हिन्दूहरूको नियन्त्रणमा दिइएको थियो।

अदालतले मुख्य तीनवटा टिप्पणीहरू पनि गरेको थियो। उसले विवादित क्षेत्र रामको जन्मभूमि रहेको, हिन्दू मन्दिर भत्काइएपछि त्यहाँ बाबरी मस्जिद बनाइएको र त्यो इस्लामिक मान्यताविपरीत रहेको भन्ने पुष्टि गरेको थियो ।

तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : ३८ बजे

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र

एनएमबि बैंकको ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न 

काठमाडौं– एनएमबि बैंकले बुधबार बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरकाे उमा

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली