विजुलीको दर फेर्दै कुलमान, किसान र घरायसी ग्राहकलाई राहत | Khabarhub Khabarhub

विजुलीको दर फेर्दै कुलमान, किसान र घरायसी ग्राहकलाई राहत


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल दर परिवर्तन गर्ने तयारी गरेको छ । विद्युत खपत बढाउने र आधारभूत नागरिकलाई थप सेवा दिने लक्ष्यका साथ प्राधिकरणले नयाँ महसुल दर लागू गर्ने तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत विद्युत खपत बढी गर्न आग्रह गरेका थिए र उनले प्राधिकरण नागरिकलाई राहत दिने गरि अघि बढ्ने बताएका थिए ।

प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार नयाँ महसुल कार्यान्वयनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । प्राधिकरणको प्रस्ताव अनुसार समायोजन भएको खण्डमा यसले किसानलाई फाइदा पुग्ने छ ।

प्राधिकरणले कृषि क्षेत्रमा सिँचाइको मात्रा बढाउन सस्तो दरमा विद्युत उपलब्ध गराउने तयारी स्वरुप प्रतियुनिट ४ रुपैयाँ ३० पैसामा विद्युत उपलब्ध गराउने तयारी गरेको छ ।

प्राधिकरणले सिँचाइ र खानेपानी बाहेक न्यूनतम विद्युत खपत गर्नेलाई समेत विद्युत खपत बढाउनका लागि एउटा औसत दर तय गर्ने जनाएको छ ।

प्राधिरकरणको प्रस्ताव अनुसार कूल २० देखि ३० प्रतिशतको हाराहारीमा विद्युत महसुल बढाउने भएको छ ।

३ वर्ष पहिले विद्युत महसुल बढाएको प्राधिकरणले यसपटक भने विद्युत खपत बढाउने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । निर्माणाधिन आयोजना हालकै गतिमा निर्माण भएको खण्डमा चालु आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप १ हजार ३०० मेगावाट विद्युत थप हुनेछ ।

यसवर्षको ६ महिनामा मात्रै प्राधिकरणको प्रणालीमा थप १५० मेगावाट विद्युत थप भइसकेको छ । सोही तथ्यलाई हेरेर विद्युत खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण छ ।

प्राधिकरणको प्रस्ताव अनुसार नै महसुल समायोजन भए घरायसी ग्राहकले न्यूनतम १०० रुपैयाँ तिर्नुपर्नेछ । हाल ८० रुपैयाँ तिर्दै आएका ग्राहकलाई थप २० रुपैयाँ बढी पर्नेछ ।

तर त्यसमा कसरी सुविधा दिन सकिन्छ र विद्युत खपत कसरी बढाउन सकिन्छ भन्ने मान्यतालाई पनि ध्यान दिने प्राधिकरणको तयारी छ ।

हाल प्राधिकरणले न्यूनतम मापदण्ड २० यूनिटलाई मानेको छ । न्यूनतम युनिट बढाउने वा महसुल दरमा थप केही विविधिकरण गर्ने कि भन्ने सोचमा समेत प्राधिकरण रहेको छ । प्राधिकरणले हाल ५, १०, १५, ३० एम्पियरको विद्युत उपलब्ध गराएको छ । त्यस आधारमा ५ एम्पियरको मिटर जडान गरेका ग्राहकले २० युनिटसम्म विद्युत खपत गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।

त्यसमा विद्युत महसुल प्रतियुनिट ३ रुपैयाँका दरले ३० रुपैयाँ र सेवाशुल्क ५० रुपैयाँ तिर्नुपर्छ । सेवा शुल्कमा केही छुट दिने कि वा अन्य कुनै उपाय अवलम्बन गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

विद्यमान दर अनुसार १५ एम्पियरको मिटर जडान गर्ने उपभोक्ताले अब न्यूनतम ४४० रुपैया सम्म महसुल तिर्नुपर्छ । विद्यमान व्यवस्था अनुसार त्यस व्यवस्थामा मात्रै ३६५ रुपैयाँ मात्रै तिर्नुपर्दथ्यो ।

थ्री फेज मिटर जडान गर्ने ग्राहकले १० केभीसम्म १४ रुपैयाँ ४० पैसा बराबरको महसुल तिर्नुपर्दछ । ग्रामीण तथा साना उद्योगले प्रति युनिट ७ रुपैयाँ ८० पैसा, व्यापारिक प्रतिष्ठानले ११ रुपैयाँ २० पैसा तिर्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तै अपर्झट विद्युत जोड्नु परेमा प्रतियुनिट १९ रुपैयाँ ८० पैसासम्म महसुल तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : १४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द