आज ४ बजेलाई प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक | Khabarhub Khabarhub

आज ४ बजेलाई प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले सार्वजनिक गरेको नक्सा तथा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्न आज (शनिबार) सर्वपक्षीय बैठक आह्वान गरेका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको विषयलाई लिएर देशभर विरोध प्रदर्शन शुरु भएपछि प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

सरकारले यसअघि नै विज्ञप्ति निकालेर एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।

बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बालुवाटारमा बस्ने बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सीमाविद्हरु सहभागि हुनेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : २५ बजे

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम- मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन्

चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

हङकङ– चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा) ले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव