विप्लवको पत्र : बादलले हत्कडी लगाएर महरालाई हिरासत पठाए | Khabarhub Khabarhub

विप्लवको पत्र : बादलले हत्कडी लगाएर महरालाई हिरासत पठाए


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रिय महरा सर,
क्रान्तिको समरबाट अभिवादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाईंको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरी गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्वको एउटा आदर्श थियो, जहाँ केवल एकजना संग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिइन्थ्यो । अन्य पराय बिबाहित महिलासंगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भनिन्थ्यो ।

सर तपाईंको आदर्श आज डगमगाएको छ । तपाईंको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् १ घर जलेको त्यो दिन एकपटक फेरि निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरि एकपटक सल्बलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।

मलाई आज कामरेड भनेर सम्बोधन गर्न गाह्रो भयो । मसंग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरणसंगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर विचार जिबित रहनेछ, म नभएर के भयो र ? आखिर विचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाईंको जीवन उदाङ्गो पारिदियो ।

कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय व्यवस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराइदिन्छ । किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यही भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाईंको थिएन, थियो त केवल त्यहि व्यवस्थाको थियो।

सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउँछ, मात लागेको मनले उत्तेजित बनाउँछ । आखिर धन सम्पति न हो दम्भ देखाउँछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ। हो त्यस्तै भएको हो तपाईंको आदर्शको जिन्दगी, यो दोष पनि त्यहि पातकी संसदीय व्यवस्था हो ।  कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब  व्यवस्थाकै कारण हो ।

मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको वैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनुभएको थियो । न त प्रचण्डको विचारमा तपाईको अडान थियो नत वैद्य कामरेडको विचारमा थियो । तर अन्ततः तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो । जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखी छु ।

मेरा युद्वकालीन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु छानविनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरि भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस्’ ।

क्रान्तिकारी अभिवादनसहित
उही कमरेड विप्लव

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : २४ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको