माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते | Khabarhub Khabarhub
Logo
६ फाल्गुन २०७६, मंगलबार

माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते



कोलम्बो– श्रीलंकामा धार्मिक समारोहमा प्रयोग गरिएको एउटा हात्ती अनियन्त्रित भएपछि भागदौड मच्चिँदा १८ जना घाइते भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बो नजिकैको कोट्टे शहरमा आयोजित एक बौद्ध धार्मिक समारोहमा सहभागी गराइएको हात्ती एक्कासी अनियन्त्रित भएपछि भागदौड मच्चिएको थियो ।

हात्ती नियन्त्रिण बाहिर गएपछि हात्तिमाथि बसेका माउते खसेका थिए । उनी हात्तीको कुल्चाईबाट भने जोगिएको बताइएको छ । स्थानीय अस्पतालले यस घटनामा १८ जना घाइते भएको र १६ जनालाई डिस्चार्ज गरिएको जनाएको छ ।

श्रीलंकामा हात्तीलाई निकै सुन्दर बनाएर यस्ता धार्मिक समारोहमा प्रयोग गरिँदै आइएको छ । त्यहाँ धनाढ्य परिवारले आफ्नो समृद्धि झल्काउनका लागि हात्ती पाल्दै आएका छन् भने केही बौद्ध गुम्बाहरुले पनि धार्मिक समारोहका लागि हात्ती पाल्दै आएका छन् ।


भर्खर

0