भ्लादिमिर पुटिनको पार्टीलाई रुसी निर्वाचनमा धक्का | Khabarhub Khabarhub

भ्लादिमिर पुटिनको पार्टीलाई रुसी निर्वाचनमा धक्का


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको राजधानी मस्कोमा भएको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने युनाइटेड रसिया पार्टीले एक तीहाई सिट गुमाएको छ ।

पछिल्लो समय निर्वाचनमा विपक्षीलाई निर्वाचनमा सहभागि हुन कडाई गर्ने नीतिको विरोधमा प्रदर्शन भएपछि मस्कोको संसद्मा युनाइटेड रशिया पार्टीलाई धक्का लागेको हो ।

रुसको रिया समाचार संस्थाले जनाएअनुसार आइतबार भएको निर्वाचनमा युनाइटेड रशिया पार्टीले मस्कोको संसद्मा ४५ मध्ये केबल २६ सिट जितेको छ । यसअघि युनाइटेड रशिया पार्टीका २८ तथा यो पार्टी निकट १० जना विजयी भएका थिए ।

अर्कोतर्फ रुसी कम्युनिष्ट पार्टीले यसअघि ५ सिट जितेकोमा यसपटक भने १३ सिट जित्न सफल भएको छ । त्यस्तै, विपक्षी पार्टीहरु याब्लोको पार्टी र फेयर रशिया पार्टीले समान तीन सिट जितेका छन् ।

आइतबार रुसका सबै ११ समयक्षेत्रमा स्थानीय निर्वाचन भएपनि मस्कोको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६