युएईबाट घरेलु महिला कामदारलाई पुन: श्रम स्वीकृति दिन शुरु | Khabarhub Khabarhub

युएईबाट घरेलु महिला कामदारलाई पुन: श्रम स्वीकृति दिन शुरु


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घरेलु महिला कामदारका रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पुनः श्रम स्वीकृति जारी गर्ने काम शुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ गते निश्चित प्रक्रिया पुरा गरेका घरेलु श्रमिकका रुपमा कार्यरत महिलालाई पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार संयुक्त अरब ईमिरेट्स (युएई)स्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति वितरण काम शुरु गरेको छ । दूतावासले पुन: श्रम स्वीकृति आवश्यक परेमा आवश्यक कागजात सहित सिफारिसका लागि निवेदन दिन सुचना प्रकाशित गरेको छ ।

दूतावासले अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रतिपिलि, करारसहित राहदानीको प्रतिलिपि, घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिएर गएको श्रम स्वीकृतिको प्रमाण र घर फर्किँदा रोजगारदाताले दिने सुरक्षाको ग्यारेन्टीसहितको प्रमाण पेश गर्नुपर्ने जनाएको छ । तलब र अन्य सुविधाका कागजात पनि पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ११ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार