'सरकार विकासका लागि गम्भीर हुनुपर्छ' | Khabarhub Khabarhub

‘सरकार विकासका लागि गम्भीर हुनुपर्छ’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ पाल्पा–काठमाडौँ सम्पर्क समितिले शुक्रबार आयोजना गरेको …एसईई र प्लस टु उत्तीर्ण विद्यार्थी तथा विशिष्ट व्यक्तिलाई सम्मान’ कार्यक्रममा उनले वर्तमान सरकारले मुलुकलाई द्वन्द्वको अवस्थामा राख्ने प्रयास गरेको आरोप लगाए ।

…मुलुक अहिले गम्भीर अवस्थामा छ, मुलुकको अवस्थालाई लिएर हामी सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, सचेत नागरिकहरु गम्भीर बन्नुपर्छÚ, उनले भने । उनले जीवनमा कर्मशीलता र लगनशीलताका साथ अगाडि बढ्न विद्यार्थीलाई सुझावसमेत दिए ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले नेपालमा अझै पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउँदै राज्य गुणस्तरीय शिक्षाप्रति गम्भीर हुनुपर्ने बताए ।

सम्पर्क समितिले पाल्पा घर भई काठमाडौँमा उच्च शिक्षाका लागि पढ्न आएका एसईई र प्लस टु पास विद्यार्थीलाई सम्मान गरेको थियो । सम्पर्क समितिले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम गर्दै आएको सम्पर्क समितिका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ०८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले