दिनभरि कुर्दा पनि पानी नपरेपछि रोकियो ‘आमा’ को छायांकन | Khabarhub Khabarhub

दिनभरि कुर्दा पनि पानी नपरेपछि रोकियो ‘आमा’ को छायांकन


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आमा’ निर्माण टिम छायांकनका लागि राजधानीको कोटेश्वरमा थियो । केही दृश्यका लागि आकाशबाट वास्तविक पानी पर्नुपर्ने थियो । दिनभरि कुर्दा पनि पानी नपर्दा छायांकन कार्य नै प्रभावित बनेको छ ।

बिहीबार त्रिभुवन विमानस्थलको रन वेमा पानी परे पनि कोटेश्वर चोकमा पानी नै परेन । पानी नपरेपछि छायांकन नै हुन नसकेको निर्माण टिमले जनायो ।

त्यसो त यसअघि पनि पानी नपर्दा फिल्मको छायांकन प्रभावित भएको थियो । समयसँगै बजेट लम्बिएको छ । तर काम हुन सकेको छैन ।
फिल्मका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘पानी पर्छ कि भनेर हामी राति २ बजेसम्म बस्यौँ, तर परेन ।’

निर्माण टिमका अनुसार यो फिल्मको आधाभन्दा बढी शूटिङ सकिएको छ । बाँकी रहेको ३५ प्रतिशत छायांकनका लागि झरी पर्नुपर्ने छ ।

असार १६ गतेबाट छायांकन शुरु भएको यो फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्तले आमाछोरीको भूमिकामा अभिनय गरेका छन् । यो फिल्म फागुन ९ गतेदेखि प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

फिल्मको छायांकनका लागि भने दैनिक २ लाख रुपैयाँ खर्च भइरहेको दीपेन्द्र के. खनालले बताए । क्लोज अप शट लिन त नक्कली पानी पार्न पनि सकिन्थ्यो तर वाइड शट लिँदा प्रभावकारी हुँदैन कि भनेर वास्तविक पानी परेका बेलामा छायांकन गर्न खोजिएको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : ५४ बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु