कश्मीरका लागि अन्तिम थोपा रगत रहेसम्म लड्छौं– पाकिस्तानी प्रधानमन्त्री खान | Khabarhub Khabarhub

कश्मीरका लागि अन्तिम थोपा रगत रहेसम्म लड्छौं– पाकिस्तानी प्रधानमन्त्री खान


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लड्ने बताएका छन् ।

प्रधानमन्त्री खानले भारतीय प्रशासनमा रहेको कश्मीरी भूमिमा भारतले जातीय नरसंहार गरिरहेको समेत आरोप लगाए । पाकिस्तानको संसद्मा बोल्दै उनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीसँग तुलना समेत गरे । उनले भने ‘यो केही गर्नैपर्ने समय हो ।’

सम्बोधनका क्रममा उनले पाकिस्तान कश्मीरका लागि अन्तम थोपा रगत बाँकी रहेसम्म लडिरहने समत उद्घोष गरे ।

भारतले जम्मू कश्मीर राज्यलाई दिएको विशेष राज्यका मान्यता खारेज गरेपछि प्रधानमन्त्री खानको यस्तो भनाइ आएको हो । पाकिस्तान र भारत दुबै मुलुकले कश्मीरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

कश्मीरकै विषयलाई लिएर दुई मुलुकबीच दुईपटक युद्ध भइसकेको छ । भारतको पछिल्लो कदमपछि दुई मुलुकबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : २५ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ