इमरानले भने, ‘के भारतमाथि आक्रमण गरिदिउँ ?’ | Khabarhub Khabarhub

इमरानले भने, ‘के भारतमाथि आक्रमण गरिदिउँ ?’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू–कश्मीरमाथिको भारतीय कदमको पाकिस्तानमा चर्को विरोध भइरहेको छ ।

गत सोमबार भारतीय संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णय लगत्तै यस विषयमा आफ्नो रणनीति तय गर्न पाकिस्तानले संसदको संयुक्त सत्र बोलाएको थियो ।

बैठकमा विपक्षी सांसदहरुको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री इमरानले भने, ‘तपाईहरु नै भन्नुस् कि हामीले कस्तो कदम उठाउनुपर्छ ? आखिर मैले कुनै कदम उठाएको छैन ।’

इमरानले अगाडि भने ‘हामीले संयुक्त राष्ट्रसंघलाई पनि भनेका छौं । हामीले इस्लामिक सहयोग संगठनसँग पनि कुरा गरेका छौं । कुन चीज छ जुन मैले गरेको छैन । हामी के भारतमाथि आक्रमण गरिदिउँ ?’

पाकिस्तानी प्रधानमन्त्री इमरानले कश्मीरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्यन नगरे स्थिति अझै भयावह हुन सक्ने समेत बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : ४५ बजे

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्