अष्ट्रेलियामा बन्नेभयो नेपाली सामुदायिक केन्द्र | Khabarhub Khabarhub

अष्ट्रेलियामा बन्नेभयो नेपाली सामुदायिक केन्द्र


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले सामुदायिक केन्द्र निर्माण गर्ने भएका छन् ।

न्यू साउथ वेल्सको कम्बरल्याण्डमा केन्द्रको भवन निर्माण गर्न लागिएको छ । नेपालीहरुको सामाजिक काम, जमघट, चाडपर्व आदिका लागि केन्द्र बनाउन लागिएको केन्द्रका निर्देशक गोवा कटुवालले बताए ।

पेगोडा शैलीमा बन्ने दुई हजार पाँच सय वर्गमिटर ओगट्ने तीनतले सो भवनका लागि चालीस लाख अष्ट्रेलियाली डलर लाग्ने बताइएको छ । भवन परिसरमा पशुपतिनाथ र लुम्बिनीको प्रतिकृति पनि राखिने बताइएको छ । सन् २०२० भित्र बन्ने सो भवनमा सबै नेपालीको स्वामित्व रहने गरी शेयर वितरण पनि हुनेछ ।

यसलाई कम्पनी लिमिटेडका रुपमा सञ्चालन गरिने छ । भवन निर्माणको स्वीकृतिका लागि स्थानीय प्रशासनमा प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६