सम्झौताको एक वर्ष अगावै बंगलादेशका प्रशिक्षक बाहिरिए | Khabarhub Khabarhub

सम्झौताको एक वर्ष अगावै बंगलादेशका प्रशिक्षक बाहिरिए


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा कमजोर प्रदर्शन गर्दै बंगलादेश लिग चरणबाटै घर फर्किएपछि टोलीका प्रशिक्षकले पदबाट राजिनामा दिएका छन् ।

बंगलादेश लिग चरणबाटै बाहिरिएपछि कार्यकालको एक वर्षको समय बाँकी रहेपनि प्रशिक्षक स्टिभ रोड्स प्रशिक्षकको जिम्मेबारीबाट बाहिरिएका हुन् ।  २ वर्षको सम्झौतामा बंगलादेश क्रिकेट कोर्डको प्रशिक्षक भएका रोड्सको एक वर्षको कार्यकाली बाँकी रहँदै बंगलादेशले उनलाई टोलीको जिम्मेवारीबाट हटाएको जनाइएको छ ।

सन् २०१८ जुलाईमा प्रशिक्षकको जिम्मेवारी पाएका रोड्सलाई सन् २०२० को ट्वान्टी – २० विश्वकपसम्म टोलीको नेतृत्व गर्ने जिम्मा यसअघि दिइएको थियो । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा सोचे अनुरुपको प्रदर्शन पस्किन नसकेपछि दुवै पक्षबीचको सहमतिमा सम्झौता रद्द गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६