नेपाल-अमेरिका चलचित्र महोत्सवमा ‘फगुन हवे’ उत्कृष्ट | Khabarhub Khabarhub

नेपाल-अमेरिका चलचित्र महोत्सवमा ‘फगुन हवे’ उत्कृष्ट


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका – मेरिल्याण्डमा हालै सम्पन्न भएको तेस्रो ‘नेपाल-अमेरिका चलचित्र महोत्सव’ मा तउक्वीर अहमद निर्देशित ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ ।

नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजना सम्पन्न भएको महोत्सवमा युकी कांग निर्देशित फिल्म ‘अ लिटिल विस्डम’ ले उत्कृष्ट वृत्तचित्रको उपाधि जितेको छ भने चलचित्र ‘आर यु भलिबल’ नामक लघु चलचित्र उत्कृष्ट लघु चलचित्र घोषित भएको छ । उक्त लघु चलचित्रलाई इरानी निर्देशक मोहम्मद बोक्सीले निर्देशन गरेका हुन् ।

महोत्सवमा विभिन्न राष्ट्रका ३४ चलचित्रहरु प्रदर्शन गरिएको थियो । नेपाली निर्देशक मीनबहादुर भामको अध्यक्षतामा गठन भएको ३ सदस्यीय निर्णायक टिमले फिल्म छनोट गरेको थियो ।

यसै गरी स्पेशल मेन्सन विधामा ‘पोर ग्रेग डौनिङ’ र ‘टहरा’ ले पुरस्कार हात पारे । यस्तै ग्राण्ड जुरी अवार्डमा मनोजबाबु पन्तको फिल्म ‘अवशेष’ ले उपाधि जित्यो भने अविनाशविक्रम शाहको ‘तातिनी’ पनि पुरस्कृत भयो ।

नेपाली चलचित्र ‘बुलबुल’ को प्रदर्शन गर्दै शुरु गरिएको महोत्सवमा नेपाली फिल्म ‘कथा ७२’ प्रदर्शन गरेर समापन गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : २२ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित