हरर फिल्म ‘एनाबेल कम्स होम’ हेर्दा दर्शकको ज्यान गएपछि... | Khabarhub Khabarhub

हरर फिल्म ‘एनाबेल कम्स होम’ हेर्दा दर्शकको ज्यान गएपछि…


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हलिउड हरर फिल्म ‘एनाबेल कम्स होम’ले संसारभर दर्शकको साथ पाएको छ । तर, फिल्म हेर्दा एक दर्शकले भने ज्यान गुमाउनुपरेको छ ।

थाइल्याण्डमा एक ७७ वर्षीय वृद्धले फिल्म थिएटरमा फिल्म हेर्दै गर्दा आफ्नो ज्यान गुमाएका हुन् । बर्नार्ड चैनिङ नाम गरेका व्यक्तिको मृत्यु भएको विदेशी मिडियाले जनाएका छन् ।

ब्रिटिशका नागरिक बर्नार्ड घुम्नका लागि थाइल्याण्ड पुगेका थिए । त्यहाँ रहँदा उनले फिल्म हेर्ने योजना बनाए । जुन फिल्म उनका लागि अन्तिम फिल्म बन्यो ।

फिल्म सकिएपछि जब थिएटरमा लाइट बालियो, त्यतिबेला सँगै भएकी महिलाले मृत्यु भइरहेको पाइन् ।

बर्नार्डलाई देखेर ती महिला जोडले चिच्याइन् । उनले आपतकालीन सेवामा फोन गरिन् । केही समयपछि अरु मान्छे पनि आए र एम्बुलेन्स बोलाए । तर, कसैले पनि फिल्म हेर्दा ती वृद्धको कतिबेला मृत्यु भयो भन्ने थाहा पाउन सकेनन् ।

स्थानीय प्रहरीका अनुसार अहिले ती महिलालाई नियन्त्रणमा लिइएको छ । यो बारेमा अझै केही खुलाइएको छैन । ती व्यक्तिमा केही रोग थियो कि, फिल्म हेरेकै कारण ज्यान गयो भन्नेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ३४ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार