प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै रोष्ट्रम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्य तथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक संञ्चालन गर्न पटक पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गर्दे ‘संसदीय समिति गठन गर’ भन्ने नाराबाजी गरिरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । सभामुखले संसदमा भएका पार्टीहरुसंग आवश्यक परामर्श गर्न दिनुहोस् त्यसका निम्ति केही समय चाहियो भन्दै पटक पटक आसन ग्रहणका लागि अनुरोध गर्नुभएको थियो ।

तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग गरेका थिए । कांग्रेस र राजपा सांसदहरुको विरोधका कारण १ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विरोधकाबीच सत्तारुढ दलका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलीलाई उलंघन गरेको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ४४ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस