एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई | Khabarhub Khabarhub

एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले उचालेको छ । मलेसियाको किन्नरा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङ्लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले दिएको ९६ रनको लक्ष्य नेपपाली टोलीले १६.१ ओभरमा पुरा गर्‍यो। नेपालका लागि पवन शर्राफले ३९ रन बनाउँदा रित गौतमले १३ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले १२ रन बनाएका थिए । यता, नेपालविरुद्ध हङकङका क्वान्क्यु कपुरले २ विकेट लिए भने मोहम्मद हशन र मोहम्मद हशन खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले अदित गोरवारले २४ रन बनाउँदा कल्हन मार्क चल्लुले १९ रन बनाएका थिए भने हङकङलाई सस्दैमा समेट्न नेपालका सागर ढकालले ५ विकेट लिएका थिए । उनले १० ओभरमा ५ मेडन ओभरसहित १८ रन खर्चेर ५ विकेट लिएका थिए भने कमलसिंह ऐरीले ३ विकेट लिए भने तिलक भण्डारी र कुसल मल्लले समान एक–एक विकेट लिए ।

उपाधि उचालेको नेपाल एसिया कपमा छनोट भएको छ । अब नेपालले एसिया कपमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : ५२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०