विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको गृहमन्त्रीको दाबी | Khabarhub Khabarhub

विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको गृहमन्त्रीको दाबी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तका क्रममा भएको बताएका छन् । उनले राज्य व्यवस्था तथा समितिको निर्देशनमा बनेको छानबिन समितिले त्यही देखाएको भन्दै पौडेल दोहोरो भिडन्तमा मारिएको दाबी गरे ।

मंगलबार संसदमा नेपाली काङ्ग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको विषयलाई लिएर सरकारको धारणा मागेको थियो ।

त्यसको जवाफमा गृहमन्त्री बादलले गस्तीमा रहेका प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट हुँदा भिडन्त भएको दाबी गरे ।

साथै उनले कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेपछि कुमार पौडेलले पनि फायरिङ गरेको दाबी गरे । विप्लव समूहका नेता पौडेलले मिस फायर गरेको र प्रहरीले जवाफी कारबाही गर्दा मृत्यु भएको उनको दाबी थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : २५ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा