ऋण काढेर विदेश गएका युवाले पठाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च | Khabarhub Khabarhub

ऋण काढेर विदेश गएका युवाले पठाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगारीमा ८० प्रतिशत युवा ऋण काढेर विदेश जाने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगार बोर्डले ४ वटा प्रदेशका झापा, मोरङ, धनुषा, सिराहा, मकवानपुर, सिन्धुपाल्चोक र दाङ जिल्लामा गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाँदा धेरै युवाले ऋण लिएको पत्ता लागेको हो । ३ सय ५० जना वैदेशिक रोजगारीमा सहभागीसँग ‘विप्रेषण प्रभावकारी उपभोग’ भने विषयमा गरिएको अध्ययनमा ८० प्रतिशत ऋण लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो ।

अध्ययनका अनुसार ७९.९ प्रतिशत युवा ऋणकै भरमा विदेश जाने गरेका छन् । यस्तै, परिवारको खर्चबाट ९ प्रतिशत, विदेशबाट कमाएर ल्याएको पैशाबाट ६.३ प्रतिशत र जग्गा धितो राखी अथवा बेचेर २.४ प्रतिशत युवा वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनले जनाएको छ ।

अनुसन्धानको नेतृत्व गरेकी जुना माथेमाका अनुसार धेरै युवा घर परिवार पाल्न र ऋण काढेर रोजगारीको खोजीमा विदेशिने जाने गरेको पाइएको छ ।

वैदेशिक रोजगारीबाट कमाएर पठाएको पैसा घरको दैनिक खर्च, विदेश जाँदा लिएको ऋण तिर्ने र छोराछारीको पढाईमा खर्च गर्ने गरिएको पाएको अनुसन्धानकर्ता माथेमाले जानकारी दिइन ।

‘विदेशबाट ल्याएको पैसाको मुख्य उपयोग खास गरी ३ वटा क्षेत्रमा गरेको पाइएको छ । ९३.७ प्रतिशत घरमा हुने दैनिक खर्चमा पैसा राखेका थिए । यस्तै, ८३.७ प्रतिशत औषधि उपचारको लागि र ७३.४ प्रतिशतले चाहि पढाईमा नै खर्च गरेको पाइयो ।’ उनले भनिन, ‘५२.९ प्रतिशतले विदेशबाट पठाएको रकम मोजमस्ति उडाउने, ४८.३ प्रतिशतले परपुरुष वा परस्त्रीसँग सम्बन्धले घर उजाड भएको र ५०.३ प्रतिशतले अत्याधिक मादक पदार्थ सेवन गरेर पैसा सक्ने गरेका छन् ।’

अनुसन्धानमा संग्लन वैदशिक रोजगारीबाट फर्किएका श्रमिकले बेरोजगार यूवा यूवतीलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, विदेशबाट सिकेको सीप घरमै वा नेपालमा नै प्रयोग गर्ने व्यवस्था सरकारले गर्नुपर्ने, न्यूनतम ब्याजदरमा ऋणको व्यवस्था, नेपालमा भएको एग्रिमेन्ट अनुसार तोकेको तलबका लागि पहल, र विदेश जानु अघि प्राविधिक तालिम व्यवस्था र नेपाली दुतावासको सेवा छिटो र छरितो बनाउन सरकारसँग माग गरेका अध्ययनमा उल्लेख छ । नेपालमा करारपत्रमा सम्झौतामा भएका सम्झौता अनुसार विदेशमा काम र तलब नपाउने गरेको अध्ययनले औल्याएको छ ।

विदेश जानुको कारण

वैदेशिक रोजगारीमा घर परिवार पाल्न ३०.१ प्रतिशत जाने गरेको अध्ययनमा उल्लेख गरिएको छ । यस्तै, विदेशमा रोजगारीको अवसर राम्रो भएर ८.८ प्रतिशत, परिवार र श्रीमान श्रीमतीको दवावले ६ प्रतिशत, अन्य अवसर नभएका कारणले ६ प्रतिशत र अन्य बुढेसकाल तथा भविष्यका लागि पैशा बचत गर्ने जाने गरेको अध्ययनले जनाएको छ ।

विदेश जाने धेरै पुरुष

वैदेशिक रोजगारीमा ८५.७ प्रतिशत पुरुष जाने गरेको अध्ययनले जनाएको छ । १४.३ प्रतिशत मात्र महिला विदेशिने गरेको अध्ययनमा भनिएको छ । अध्ययनका अनुसार २६–३० वर्षसम्मका नागरिक धेरै वैदेशिक रोजगारीमा जाने गरेका छन् । यो उमेर समुहका ७० प्रतिशत विदेशिने गरेको अध्ययनमा छ ।

अध्ययनमा हिन्दु, बुद्धिष्ट, मुस्लिम, ईसाइ र किराती गरी ५ वटा धर्म मान्ने व्यक्तिहरु थिए जसमा हिन्दुको संख्या सबैभन्दा धेरै विदेशिने गरेको अध्ययनमा छ । कक्षा ८ पास गरेका २४.६ प्रतिशत, कक्षा ५ पास गरेका २१.१ प्रतिशत र टेस्ट पास तथा एस.एल.सी. ४७ प्रतिशत रहेका अध्ययनमा भनिएको छ ।

विदेशिनु अघि सिकेको सीप

वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ११.९ प्रतिशत होटलको तालिम लिएको अध्ययनमा जनाइएको छ । ११ प्रतिशत घर, टेबल, भmयाल डोका, अफिस, बगैंचा आदि सफा गर्ने १० प्रतिशत गाडि चलाउन, ४.४ प्रतिशतले कार्पेन्टरको काम, ४ प्रतिशतले इलेक्ट्रीशनको काम र ३.८ प्रतिशतले प्लम्बरको काम सिकेर विदेशिएको अध्ययनमा जनाइएको छ । यस्तै, ४ प्रतिशतले आधुनिक किसिमका घर र बिल्डिङ्ग बनाउन मिस्त्रीको काम, ४ प्रतिशतले कन्सट्रकशनको काम, ३ प्रतिशतले सेक्युरिटी गार्डको तालिम र ४.४ प्रतिशतले केहि पनि नसिकी विदेशिएको बताएको अध्ययनमा भनिएको छ ।

विदेशबाट आएको रेमिट्यान्सको खर्च

वैदेशिक रोजगारीका गएका श्रमिकले कमाएको पैसा प्राय घरपरिवार धन्न खर्च हुने गरेको अध्ययनले देखाएको छ ।

विदेशबाट कमाएर पठाएको रकम मध्ये १६.१ प्रतिशतले दैनिक घर खर्च हुने गरेको अध्ययनमा उल्लेख छ । औषधि उपचारमा १५.५ प्रतिशत, विदेश जादाँ लागेको ऋण तिर्ने १४.६ प्रतिशत, छोराछोरीको शिक्षादिक्षामा १३.६ प्रतिशत, परिवारमा विवाह तथा ब्रतबन्दमा ९ प्रतिशत, र बैक तथा सहकारी सस्थामा बचत ५.७ प्रतिशतले मात्र गर्ने गरेको अध्ययनमा भनिएको छ ।

मिशनका (टिभी, फ्रिज, मोवाइल) जस्ता उपभोग गर्ने समानमा ४.८ प्रतिशतले रकम खर्च हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ । यस्तै, घर बनाउनका लागि ३.९ प्रतिशत, जग्गा किन्न ३.९ प्रतिशत, घर मर्मतका लागि ३.७ प्रतिशत, व्यापारमा १ प्रतिशत र १ प्रतिशत नयाँ व्यापारमा खर्च गदै आएको अध्ययनले जनाएको छ ।

मासिक सरदर २० हजार रेमिट्यान्स

वैदेशिक रोजगारीमा गएका कामदारले मासिक सरदर २० हजारका दरले रेमिट्यान्स पठाउने गरेका छन् । अध्ययनमा सहभागी ३ सय ५० जना मध्ये १ सय २६ जना अर्थात ३६ प्रतिशतले मासिक २० देखि ३० हजार रेमिट्यान्स नेपाल पठाउने गरेको छ । यसरी पठाएको रेमिट्यान्स प्राय घर खर्चमा सकिने गरेको अध्ययनले जनाएको छ । विदेशमा रहेका कामदारले मासिक तलब बुझेपनि आधाभन्दा धेरै पैशा घर पठाउने गरेका छन् ।

वैैदेशिक रोजगारबाट फर्केका मध्ये ३४ प्रतिशत विदेश र स्वदेशको कमाइ उस्तै हुने गरेको जानकारी दिएको अध्ययनमा भनिएको छ ।

धेरैको रोजाइमा मलेसिया

अध्ययनका अनुसार सबैभन्दा धरै रोजगारीका लागि मलेसिया जाने गरेको पाइएको छ ।

जम्मा ३ सय ५० जना गरिएको अध्ययनमा २८.५ मलेसिया जाने गरेको पाइएको अध्ययनमा भनिएको छ । यस्तै, कतार २३.९ प्रतिशत, साउदी, २१.३ प्रतिशत, युएई १०.६ प्रतिशत र ५.४ प्रतिशत अन्य देशहरु ईराक, ओमान, बहराईन, रसिया, लेवनान, इजरायल, भारत आदी देश रोजगारीमा जाने गरेको अध्ययनमा भनिएको छ ।

९२ प्रतिशतको रोजाई मनी ट्रान्सफर

बैदेशिक रोजगारीमा कायरत श्रमिकले कमाएको पैसा घर पठाउन मनि ट्रन्सफर प्रयोग गर्ने गरेको अध्ययनमा जनाइएको छ । अध्ययनमा संलग्न ३ सय ५० मध्ये ३ सय २२ जना अर्थात ९२ प्रतिशत व्यक्तिले आफूले मनि ट्रान्सफरबाट नै रकम नेपाल पठाउने गरेको बताएका थिए । मनी ट्रान्सफरबाट पैशा पठाउन सहज हुनेगरेका कारण यसको प्रयोग गर्ने गरेको उनीहरुले बताएको अध्ययनमा भनिएको छ ।

अध्ययनका वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले ४४.९ प्रतिशत व्यक्ति पैशा श्रीमान र श्रीमतका नाममा पठाउने गरेको अध्ययनमा उल्लेख छ । बुबाका नाममा २६.३ प्रतिशत, आमाका नाममा १३.४ प्रतिशत दाजुभाईका नाममा ७.१ प्रतिशत र अन्य परिवारका नाममा ३.७ प्रतिशत पैशा श्रमिकले पठाउने गरेको अध्ययनमा भनिएको छ ।

वैदेशिक रोजगारीमा सहभागी भएपछि समाजले हेर्ने नजरमा ७१.७ प्रतिशतले परिवर्तन भएको अध्ययनमा भनिएको छ । त्यस्तै, ७५.७ प्रतिशतले स्वास्थ्य उपचार राम्रा अस्पतालमा गर्न थालिएको, ५७.४ प्रतिशतले भने वैदेशिक रोजगारीमा गएपछि छोराछोरीलाई राम्रो स्कूलमा भर्ना गरेको पाइएको अध्ययनमा छ । यो अध्ययन सार्वजानिक हुन बाँकी नै रहेका बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०