इस्टर्न रिजन एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै | Khabarhub Khabarhub

इस्टर्न रिजन एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा जारी इस्टर्न रिजन एसीसी यू-१९ छनोट क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र हङकङबीचको खेल जारी छ । किनरारा मैदानमा हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ।

उपाधि दाबदार मानिएका दुबै टोलीले एक अर्कालाई पराजित गर्दै यू-१९ एशिया कपमा स्थान बनाउने छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हङकङले सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइएको हो ।

नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । आज पनि बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : १३ बजे

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक