धवनको शतकमा भारतद्वारा अस्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य | Khabarhub Khabarhub

धवनको शतकमा भारतद्वारा अस्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा भारतले अस्ट्रेलियालाई ३ सय ५३ रनको विजयी लक्ष्य दिएको छ ।

दी ओभललमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभर पूरा खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनायो । भारतका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेल्दा अस्ट्रेलियाले ३ सय ५३ रनको विशाल लक्ष्य पाएको हो ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक पूरा गर्दा अर्का ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र तेस्रो विकेटका रुपमा मैदान छिरेका कप्तान विराट कोहलीले अर्धशतक पूरा गरे ।

भारतका लागि शिखर धवनले सर्वाधिक १ सय १७ रन बनाए । उनले १ सय ९ बलको सामना गर्दै १६ चौका प्रहार गरे । यस्तै, कप्तान कोहलीले ८२ रन बनाउँदा शर्माले ५७ रन र हार्दिक पाण्ड्याले ४८ रन बनाए । पाण्ड्याले ३ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै, विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले २७ रन बनाए । भारतविरुद्ध अस्ट्रेलियाका बलरले अपेक्षा अनुरुप बलिङ गर्न सकेनन् । तर, पनि भारतविरुद्ध मार्कस स्टोनिसले २ विकेट लिए भने पेट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टेर निलले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : १६ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच