कृषिमा बजेट कम भएको भन्दै मन्त्री खनालद्वारा असन्तुष्टि | Khabarhub Khabarhub

कृषिमा बजेट कम भएको भन्दै मन्त्री खनालद्वारा असन्तुष्टि


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पारे ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गरे । ‘किसान वर्गिकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालले भने,‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’

मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गरे ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : २३ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न