गुगलपछि फेसबुकले पनि छोड्यो हुवावेको साथ | Khabarhub Khabarhub

गुगलपछि फेसबुकले पनि छोड्यो हुवावेको साथ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– अमेरिकाले कालोसूचीमा राख्दै हुवावेसँग कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले कारोबार बन्द गरेका छन् ।

गुगल लगायतका अमेरिकी कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेका छन् । हुवावेसँग कारोबार नगर्ने अमेरिकी कम्पनीहरुको सूचीमा अर्को कम्पनी थपिएको छ- सामाजिक सञ्जाल फेसबुक । फेसबुकले हुवावेका नयाँ फोनमा आफ्ना एप्लिकसन प्रिइन्स्टल नहुने घोषणा गरेको जनाइएको छ ।

फेसबुकसहित हुवावेका नयाँ फोनमा अब इन्स्टाग्राम र ह्वाट्सएपका एप्लिकेसन पनि प्रिइन्स्टल नहुने जनाइएको छ । अमेरिकी निर्णय अनुसार हुवावेसँग फेसबुकले सहकार्य नगर्ने घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका हुन् ।

यद्यपि पुराना हुवावे फोनमा भने फेसबुक चलिनै रहने जनाइएको छ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : ४१ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित