क्षयरोगका नयाँ बिरामी ४५ हजार पुगे, निवारण चुनाैतीपूर्ण | Khabarhub Khabarhub

क्षयरोगका नयाँ बिरामी ४५ हजार पुगे, निवारण चुनाैतीपूर्ण


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा नयाँ क्षयरोगका बिरामीको संख्या ४५ हजार पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएकोमा हाल ४५ हजार पुगेको एक अध्ययनले देखाएको छ ।

सरकारले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य लिएको भएपनि नयाँ रोगीको संख्या भने बढ्दै गएको छ । नेपालमा भएको क्षयरोग निवारण कार्यक्रमको विषयमा विज्ञहरुले गरेको एक अध्ययन तथा अनुगमनले क्षयरोग उपचारका लागि दक्ष जनशक्ति, प्रयोगशालाको अभाव र जनचेतनाको अभावका कारण क्षयरोगका बिरामी बढ्दै गएको देखाएको छ ।

विज्ञहरुको टोलीले गरेको अनुगमनमा स्वास्थ्य मन्त्रालयसँग ४६ जिल्लाको मात्रै क्षयरोगको विषयमा विद्युतीय रिपोर्टिङ भएको भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दै गएकाले सोको निवारण गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

उनले क्षयरोग निवारणको लागि भनाइएका पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्रथामिकता दिएको भन्दै विकट क्षेत्रका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : ४३ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको