निमा र राहुलले जिते छैठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको उपाधि | Khabarhub Khabarhub

निमा र राहुलले जिते छैठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको उपाधि


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छैठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतजा सार्वजनिक गरिएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को आयोजनामा हरेक वर्ष हुँदै आएको ओलम्पियाड यही जेठ १८ देखि २४ गतेसम्म सञ्चालन भएको थियो ।

बन्द शिविरमा सात प्रदेशमा सञ्चालन भएको प्रथम र दोस्रो चरणबाट छानिएका ३० विद्यालयका ३६ विधार्थी सहभागी थिए । यस बर्ष सिनियरतर्फ जेभियर ईण्टरनेसनल कलेज कालोपुल–काठमाडौंका निमा हेल्मो तथा जुनियरतर्फ सिद्धार्थ शिशु सदन –जनकपुर, धनुषाका राहुल रञ्जन साह प्रथम भएका छन् ।

बन्द शिविर काठमाडौँ बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा सञ्चालन गरिएको थियो । बन्द शिविरमा छनौट भएका विद्यार्थीलाई खगोल विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिएको थियो ।

शिविरमा उत्किृष्ट प्रदर्शन गर्ने विधार्थीलाई यस वर्ष सञ्चालन हुने विभिन्न अन्तर्रास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागी हुने अवसर प्रदान गरिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १२ : ५७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द