१७ वर्षपछि भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै | Khabarhub Khabarhub

१७ वर्षपछि भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर– भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनु पर्ने भएपनि बजेट अभाव भएपछि १७ वर्ष लागेको बताए ।

प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाइ थियो । गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ ।

एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिँदैछ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १२ : ५० बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा