इटालीले शतप्रतिशत नतिजा निकाल्दा बेल्जियम विजयी | Khabarhub Khabarhub

इटालीले शतप्रतिशत नतिजा निकाल्दा बेल्जियम विजयी


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरो कप छनोटमा समूह आईमा रहेको बेल्जियमले काजकिस्तानलाई पराजित गरेको छ ।

स्पेनिस महारथी रियल मड्रिडमा केही दिन अगाडि आवद्ध भएका इर्डन हजार्ड सम्मिलित बेल्जियमको टोलीले घरेलु मैदानमा काजकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

काजकिस्तानमाथि शुरुवाती दबाब शृजना गर्न सफल बेल्जियले खेलको ११औं मिनेटमा १–० को अग्रता बनाएको थियो । बेल्जियमका लागि ड्रीस मर्टिन्सले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने १४ औं मिनेटमा टिमोथी केस्टेनले टोलीका दागि दोस्रो गोल गर्दै काजकिस्तानविरुद्ध २–० अग्रता बनाए ।

यस्तै, फरवार्ड रोमेलु लुकाकुले खेलको ५० औं मिनेटमा गोल गर्दै टोलीलाई ३–० गोलको अग्रता दिलाएका थिए । समूह आईमा बेल्जियमले ३ खेलबाट शतप्रतिशतसहित ९ अंक जोडेको छ । अब बेल्जियमले मंगलबार स्कटल्याण्डसंग खेल्नेछ ।

यस्तै, युरो कप छनोटको समूह जे मा रहेको इटालीले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा ईटालीले ग्रिकमाथि ३–० को नतिजा निकाल्दै लगातार तेस्रो जित सुनिश्चित पारेको हो ।

ईटलीका लागि खेलको २३ औ मिनेटमा निकोलो बरिलाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । यस्तै, लोरेन्जो इनसाईनले ३० औं र लियोनार्दो बोनुचीले खेलको ३३ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमै ३–० ले पछि परेको ग्रिक लयमा फर्किन नसक्दा हार व्येहोर्न बाध्य भयो ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १० : ३२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन