विश्वकप क्रिकेट : आफ्नो सर्वोच्चता खोज्दै भारत र अस्ट्रेलिया | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : आफ्नो सर्वोच्चता खोज्दै भारत र अस्ट्रेलिया


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (आइतबार) दुई बलियो टोली भारत र अस्ट्रेलियाबीचको खेल हुँदैछ । लण्डनस्थित दी ओभलमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

इङ्ग्ल्यान्डमा जारी विश्वकपमा यी दुई टोलीबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोलीलाई विश्वकप क्रिकेटको ट्रफीका लागि बलियो दाबेदारका रुपमा क्रिकेट विज्ञहरु व्याख्या गर्छन ।

यसअघि २ खेल खेलिसकेको अस्ट्रेलियाले दुवै खेलमा जीत हात पारेको छ भने यसअघि एक खेलमात्रै खेलेको भारतले पहिलो खेलमा जीत हात पारिसकेको छ ।

राम्रो लयमा रहेका दुवै टोलीले आजको खेलमा जीत निकाल्दै एक–अर्का सामू आफुलाई बलियो बनाउने लक्ष्यमा रहेका छन् । वेष्ट इन्डिजविरुद्धको खेलमा आठौं ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका नाथन कौल्टेर निलले ६२ बलमा ९२ रन बनाउँदै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याएका थिए । जुन खेलमा अस्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

यस्तै, अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर पनि लयमा रहेकाले भारतमाथि हावी हुन सक्ने आँकलन गरिएको छ भने भारतका लागि कप्तान विराट कोहली, रोहित शर्मा, युवराज सिंहलगायत ब्याट्सम्यान आक्रमक रुपमा मैदानमा देखिन सक्छन् ।

त्यस्तै, दक्षिण अफ्रिकाविरुद्ध जीत निकाल्दा भारतका लागि युज्भेन्द्र चहालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने ब्याटिङमा रोहित शर्माले शतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : २० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द